नेपाल लाेकतान्त्रिक खेलकुद संघ ठाटिकाँधकाे अध्यक्षमा शाही
दैलेख । नेपाली काग्रेसकाे भातृ संस्था नेपाल लाेकतान्त्रिक खेलकुद संघ ठाटिकाँधकाे प्रथम अधिबेशन प्रदेश शभा सहसचिब तथा निर्बाचन समिति संयाेजक मिलन शाहीकाे अध्यक्षता तथा ठाटिकाँ गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरेकाे छ ।

प्रथम अधिबेशन बाट जनक बहादुर शाहीकाे अध्यक्षतामा उपाध्यक्ष नेमराज शाही, महिला उपाध्यक्ष सारदा थापा, सचिव दिपक कुमार शाही, सहसचिव उपेन्द्र बहादुर कठायत, काेषाध्यक्ष मदन कुमार शाही र सदस्यहरु लक्ष्मण रावत, जानुका बम ,मानकुमारी भण्डारी, बिराज शाही ,कृष्ण रेग्मी , तपेन्द्र नेपाली, कमल बहादुर शाही, डम्बर नेपाली सहित १४ सदस्यिय कार्यसमिति सर्बसहमत निर्बाचित गरेकाे छ ।

निर्बाचित नेपाल लाेकतान्त्रिक खेलकुद संघलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि शाहले याे संघले नेपाली काग्रेस पाटिकाे संगठन मजबुद बनाउन तथा याे क्षेत्रका खेल जगतमा लुकेर बसेका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउनकाे लागि अग्रणि भागमा रहेर काम गर्नेमा बिश्वास लिएकाे बताए आफू पनि खेलाडि भएकाेले खेलकुद क्षेत्रमा गर्नुपर्ने काममा मेराे जहिले पनि साथ रहने शाहले बताए ।
याे भातृ संघले ठाटिकाँध गाउँपालिकाको खेल क्षेत्रलाई चलायमान मजबुत र राष्ट्रिय जगतमा चिनाउनको लागि र नेपाली काँग्रेसको संगठन निर्माण गर्न अहम भुमिका रहनेमा बिश्वस्त छाैं कार्यक्रमका संयाेजक मिलन शाहीले बताए ।
