हिमाल याातायात ब्यबसायि संघको अध्यक्षमा शर्मा
सुर्खेत । हिमाल यातायात व्यवसायि संघले आफ्नो पाचौं बार्षिक साधारणसभा तथा तेश्रो अधिबेशन खगेन्द्र प्रशाद शर्माको अध्यक्षतामा सम्पन्न गरेको छ ।



कार्यक्रम संघका बरिष्ठ सल्लाहाकार वासुदेब शर्माले उद्धघाटन गरेका थिए । साधारण सभामा महासचिब रमेश बरालले संघको सांगाठनिक तथा बार्षिक प्रतिबेदन पेश गरेका थिए भने संघका कोषाध्यक्ष जगत बहादुर बिष्टले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।


पेश गरिएका प्रतिबेदन माथि छलफल गरि सभाले सर्बसहमतले पारित गरेको संघका महासचिब रमेश बरालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बासुदेब शर्माले यातायात लिडर सुबर्ण खड्कालाई सम्झिदै यो संघको बिषम परिस्थितिमा व्यबसायि साथिहरुको एकताले कसैको दबदबामा ब्यबसायि बस्न नसक्ने भएर यो संघको जन्म भएको बताए यो संस्थामा त्यस्तो खालको परिस्थिति नआउने गरि आउने कार्यसमितिले काम गर्नेछ भन्ने बिश्वास लिएको र आउने कार्यसमितिलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

संघले आफ्नो तेश्रो अधिबेशनबाट तेश्रो कार्यकालका लागि खगेन्द्र प्रशाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा जय बहादुर थापा , उपाध्यक्षमा कर्ण बहादुर शाही , महासचिवमा रमेश बराल , सचिवमा कृष्ण प्रशाद जैसि , कोषाध्यक्षमा जगत बहादुर बिष्ट र सदस्यहरुमा खम्म शाही, ओमजंग रोकाय, खड्क बहादुर बुढा (A), खड्क बहादुर बुढा (B) , शर्मिला शर्मा, पुतलि कुमारी रावत, रामकृष्ण थापा, भिम प्रशाद चौलागाई सहित १४ सदस्यिय नयाँ कार्यसमिति सर्बसहमत निर्बाचित भएको निर्बाचन अधिकृत दुर्गा सापकोटाले बताए ।
