चामुण्डाबिन्द्रासैनी प्रिमियर कप क्रिकेट प्रतियोगिता सम्पन्न

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित प्रथम दैलेख जिल्ला अन्तरपालिका स्तरिय “चामुण्डाबिन्द्रासैनी प्रिमियर कप क्रिकेट प्रतियोगिता” सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित भएको उक्त क्रिकेट प्रतियोगितामा जिल्ला भित्रका ८ वटा पालिकाका १० वटा खेल समुहले सहभागिता जनाएका थिए ।
नेपालमा क्रिकेट खेल प्रतिको मोह बढ्दै गइरहेको समयमा दैलेखकाे चामुण्डाबिन्द्रासैनि नगरपालिकामा भएको उक्त प्रतियोगिताले क्रिकेट खेलाडीहरुलाई हौसला बढाएको छ । चैत्र १५ गते देखी १९ गते सम्म सञ्चालित उक्त खेलमा सहभागि भई विभिन्न स्थान हासिल गर्ने खेलाडीहरुलाई नगत तथा प्रमाणपत्र द्वारा सम्मान गरिएकाे थियाे तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियाे ।
खेल समापनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले हरेक खेलकुद खेलाडीकोे मेरुदण्डको रुपमा रहेको भन्दै खेल जगतकाे विकासमा समेत महत्वपुर्ण भुमिका भएको र त्यसले हरेक क्षेत्रमा पहिचान स्थापित गर्नेमा जोड दिनुभयो ।
उक्त “चामुण्डाबिन्द्रासैनी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ठाटिकाँध गाउँपालिका प्रथम, आयोजक चामुण्डाबिन्द्रासैनी नगरपालिका दोस्रो तथा नारायण नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन । चामुण्डाबिन्द्रासैनी स्पोर्ट एकेडेमीको मुख्य आयोजनामा एकेडेमीका अध्यक्ष दशरथ कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको छ ।