गाउँपालिकाद्वारा निरन्तर बजार अनुगमन
दैलेख । चाडबाड नजिकिएसँगै दैलेख जिल्ला ठाटिकाँध गाउँपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ ।



उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रताका साथ निरन्तरता दिएको हो । ठाटिकाँध बजारमा अवस्थित किराना पसलहरू, मेडिकल, होटल लगायतको पसलहरूमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा प्रमाण–पत्र दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई नविकरण गर्न र म्याद नाघेका सामानहरू डिस्पोज गरिएको छ । अनुगमन समितिको संयोजक तथा पालिका उपाध्यक्ष देबिराम बडुवाल , प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्याय , ईलाका प्रशाशन कार्यलयका प्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी , कृषि शाखा प्राविधिक, राजश्व शाखा कर्मचारी , उधम बिकास शाखा कर्मचारि सुरक्षाकर्मीहरु लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
