दैलेखको ठाटीकाँधमा अज्ञात समूहले लगेको बच्चा भेटियो
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएकाे थियो। गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता बच्चालाई चामुण्डा बिन्द्रासैनि नगरपालिका -२, देउरालिमा फेला पारेका छन ।
उक्त शिशु एक महिना अगाडि जन्मिएको हो । बमबहादुरका दाजु दीपक बुढाका अनुसार चामुण्डा बिन्द्रासैनि नगरपालिका -२, देउरालिमा फेला पारेका छन ।
घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै स्थानिय व्यक्तिहरु तथा स्थानिय प्रहरि चाैकिको सक्रियतामा खोजिकार्य तिब्र पारिएको थियो २९ गते बिहान करिब ९ वजे बच्चा तथा बच्चा लिने ब्यक्ति फेला परेका छन । थप विवरण आउन बाकी ।
