यातायात व्यवसायीको आन्दोनल फिर्ता, चल्न थाले गाडी

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । यससँगै अब बेलुकादेखि नै गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए ।
उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले देखि गाडी फाटफुट चल्न थालिसके । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् । यससँगै भोलिदेखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।