ठाटिकाधँ गाउँपालिका र MCDS संस्थाद्वारा वृक्षारोपण कार्यक्रम सञ्चालन
दैलेख । दैलेख जिल्लाको ठाटिकाधँ गाउँपालिकाले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरेको छ। सोमबार आयोजित कार्यक्रममा करिब २००० बिरुवा विभिन्न सार्वजनिक स्थल, विद्यालय प्राङ्गण र सडक किनारमा रोपिएको गाउँपालिकाका विपत वन तथा वातावरण शाखा प्रमुख दिपक रावलले वताए ।



गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहका अनुसार अभियानको उद्देश्य स्थानीय वातावरणीय सन्तुलन कायम राख्नु र जल–माटोको संरक्षण गर्नु हो। “हामीले सबै वडामा बिरुवा वितरण र रोपाइँ गर्ने योजना बनाएका छौं,” अध्यक्ष शाहले बताउनुभयो।

बृक्षाराेपण कार्यक्रम ठाटिकाँध गाउँपालिका र पालिका स्थित कार्यरत बहुउद्देश्यीय सामुदायिक बिकास सेवा ( MCDS) काे सहकार्यमा उपाध्यक्ष, वडाध्यक्षहरू, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले रोपिएका बिरुवाको हेरचाह गर्ने प्रतिबद्धता पनि जनाए।

गाउँपालिकाका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीका अनुसार यस वर्ष विभिन्न बिधालय, वन जंगल क्षेत्र, सार्बजनिक स्थल हरुमा ७ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ।
