Skip to main content
२०७८ जेठ ३१, सोमबार

पाहुनालाई समेत मापदण्द पालना गराउँछन् बालबालिका

दैलेख । भैरवी गाउँपालिकाकी –४ की १४ बर्षिया ममता शाहीलाई सानो छँदा आमा बाबुले पढाई लेखाईमा ध्यान दिन दिनहुँ सम्झाउँथे । ममता पनि आमा बाबुको भनेको खुरु खुरु मान्थिन । साथी भाईहरु सँग खेल्न छोडेर लेख्न पढन बस्थिन् ।

तर, आजभोली समय बदलिएको छ । ममता आमा बाबुलाई सिकाउन थालेकी छन् । कोभिड १९ को सम्बन्धि जानकारी दिँदै दिनहुँ सम्झाउने गर्छन । कोभिड १९ बाट बच्न र अपनाउनु पर्ने सावधानीवारे । कोरोनाबाट बच्न हात मुख नियमित धुनुपर्ने, नियमित मास्क लगाउन पर्ने, भिडभाडमा जान नहुने र सामाजिक दुरी कायम गर्नुपर्ने बारे सिकाउने गरेको बताईन् । ‘घरपरिवारले पनि मान्नु भएको छ । सबै परिवारले स्वास्थ्यको मापदण्ड पालन गर्छन् ।’ उनले भनिन् । कोभिड बारेका जनचेतना मुलक तस्वीर र संक्रमणबाट बच्ने उपायबारे लेखेर भैरवीका बालबालिकाले आ–आफ्नो घरमा टाँसेका छन् । अक्षर चिनेकाहरु पढेन जानकारी लिन्छन् भने अक्षर नचिन्नेहरुले स्वीर हेरर ज्ञान लिने गरेका छन् ।

ममता शाही मात्र होइनन् सो गाउँपालिका ५४ घरधुरीमा कोरोना सम्बन्धित आचार संहिता जनचेतनाका लागि तस्वीर समेत टाँसिएको देखिन्छ । घरमा आउने पाहुनालाई समेत स्वास्थ्य मापदण्ड अपनाउन वाध्य पार्ने गरेका छन् बालबालिकाले । पाहुनालाई समेत घर बाहिर जाँदा मास्क, आउँदा सेनिटाईजर र हातमुख धुन लगाएको अभिभावक कमला शाहीले बताईन । ‘कोरोना भाईरसको संक्रमणबाट बच्न मुख्य कुरा सरसफाई नै रहेछ । अहिले सम्म संक्रमणबाट जोगिएका छौं ।’ उनले भनिन् ।

कोरोना महामारी सँगै विद्यालय बन्द भएपछि विद्यार्थीले समय तालिका बनाएर घरमै अध्ययन गर्ने र अभिभावकलाई कोरोना सम्बन्धित जनचेतना दिने गरेको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । गाउँमै रहेको चिल्ड्रेन सेफ बाल क्लबमा आबद्ध रहेका बालबालिका यो काम निकै राम्रोसंग गरेका छन् ।

गौरी मावि बाँलेकाडामा अध्ययनरत उपेन्द्र विकको दिनचर्या पनि ममताको जस्तै गरि बित्ने गरेको छ । स्कुल बन्द रहेका कारण उनले अभिभावकलाई स–साना काममा सघाउने र अन्य समय गाउँमा कोरोना संक्रमण फैलिन नदिन सचेतनामुक साम्रगीहरु बनाउने गरेकी छिन् ।

ममता र उपेन्द्र जस्तै गाउँपालिकामा बालबालिकाहरु कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सृजनशिलता देखाईरहेका छन् । गाउँपालिकामा रहेका चिल्ड्रेन सेफ, समाज सुधार, सहनशिलता र म्यारीगोल्ड बाल क्लबमा आबद्ध ५४ जना बालबालिकाहरुले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमुलक चित्र तथा अचासंहिता बनाउने गरेका छन् । उनिहरुले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमुलक चित्र बनाएका छन् । सन्देशमुलक चित्र र आचारसंहिता आ–आफ्नो घरको दैलोमा टाँसेका छन् । बालबालिकाले आफ्नो घरसँगै वडा कार्यालय लगायतका सार्वजनिक स्थानमा समेत आचारसंहिता र सन्देशमुलक चित्र टाँसेका छन् ।

‘कोरोना संक्रमण समुदायमा फैलिन नदिन हामीले सक्ने काम गरेका हौँ ।’ बालक केशव थापा भने, ‘हामीले बनाएको सन्देशमुलक चित्र र आचारसंहिता घरका सबैले पालना गर्नुहुन्छ, घरमा आउने अन्य व्यक्तिहरुले पनि पालना गर्नैपर्छ ।’ टाँसिएको चित्र र आचारसंहिता घरमा आउने जो कोहीले पनि हेर्ने र पढेर जाने गरेको थापा बताउँछन् ।

बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपायबारे समुदायमा सचेतना फैलाईरहेको बालबालिकालाई सहजिकरण गरिरहेकी निर्मला नेपाली बताउँछिन् । ‘बालबालिकाले स्कुल बन्द भएको समयमा समयको सदुपयोग गरिरहेका छन्, । ‘बालबालिकाको अन्तरनिहीत क्षमताको प्रस्फुटन भएको छ ।’

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: