दैलेखमा फोर्स गाडी दुर्घटना, ५ जना गम्भीर घाइते

सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका–१, डुंगेल मन्दिर नजिक दुर्घटना भएको हो।
१९ यात्रु सवार गाडी दुर्घटनामा १२ जना घाइते भएका छन्। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
स्थानीयका अनुसार यात्रु चढाउने क्रममा गाडी ब्याक भई करिब १५ मिटर तल खोल्सामा खसेको हो। चालक फरार रहेकाे छ भने सहचालक प्रहरीको नियन्त्रणमा छन्।