दैलेखका नन्दाराम भारतमा सम्पर्कविहीन

सुर्खेत । दैलेख जिल्लाको ठाटीकाँध–४ गैरागाउँ निवासी ५७ वर्षीय नन्दाराम बडूवाल भारतको हिमाचल प्रदेशस्थित शिमलाबाट सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी २०८२ साल साउन २५ गते (सन् २०२५ अगस्ट १०) बेलुकी ५:२६ बजे शिमलाको सलोनबाट “गाडी चढिहाले” भन्दै अन्तिम पटक फोन गरेका थिए।
नन्दाराम शिमला बसपार्कबाट रूपडिया सीमा हुँदै नेपालगञ्ज जान लागेका थिए, तर त्यसपछि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन र नेपाल पनि आइपुगेका छैनन्।
परिवारले भारत तथा नेपालमा बसोबास गर्ने सम्पूर्ण आफन्त, दाजुभाइ, दिदीबहिनी तथा सर्वसाधारणलाई खोजी र सम्पर्कमा सहयोग गर्न अनुरोध गरेका छन्।
सम्पर्क
नेपाल: ९७६६५३७५९५, ९८६४९४४८५४
भारत: ९८१६२२६०९०, ८२७९३८८३८५, ८८७१६०५०९९