हुम्लामा जिप दुर्घटना : तीनको मृत्यु,घाइतेलाई हेलिकोप्टरबाट उद्धार

हुम्लामा जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । चंखेली गाउँपालिका– ४, देशीखोलानजिक कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको जिप दुर्घटनामा परेकाे हाे । प्रहरीका अनुसार उक्त जिप मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार दुर्घटनाग्रस्त भएको हाे ।
दुर्घटनामा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोराकाे घटनास्थलमै मृत्यु भएको मेल्छाम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी चालक बहादुर लामा, कैलाश सिरा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइते पाँच जनालाई थप उपचारका लागि नेपाली सेनाकाे हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ ।