राप्रपा जुम्लाबाट ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाको लागि एकल उम्मेदवार सिफारिस
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को क्षेत्रीय तथा जिल्ला कार्यसमितिले आगामी फागुन २१, २०८२ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता तथा नि वर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई जुम्ला निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रूपमा सिफारिस गरेका छन्।
जुम्ला जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय, काठमाडौँलाई पठाएको आधिकारिक पत्रानुसार शाहीको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको हो। यसै सन्दर्भमा राप्रपा जुम्लाका नेताहरूले शाहीलाई विश्वासका साथ अघि बढाइएको उल्लेख गरेका छन्।
ज्ञानेन्द्र शाही सिफारिस गरिएको चुनावी वर्ष २०७९ (मंसिर) को प्रतिनिधि सभा निर्वाचनमा पनि उहाले जुम्लाबाट फराकिलो मतले विजय हासिल गर्नुभएको थियो।
