Skip to main content
२०७८ जेठ ३१, सोमबार

आमाबाबुको मृत्युपछि बालिकाको बिचल्ली

मान्म । गाउँमा रोजगारीको नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमति जहान परिवार साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे । कान्छी छोरी सृष्टि जन्मिईन ।
सुत्केरीको भएको आठ दिनमा डम्बर सुत्केरी श्रीमतिको लागि भनेर जंगलबाट च्याउ ल्याए । च्याउ खाँदा डम्बरका जहान नै विरामी भए । उपचार लागि अस्पताल लैजाद गर्दा विषादी च्याउले डम्बर दम्पतीको मृत्यु भयो । तर सँगै विरामी परेकी मनिषा उपचार गरेर सञ्चो भयो । ९ दिनकी शिशु सुष्टि र मनिषा आमा बाबु विहिन भए ।
डम्बर दम्पतीको मुत्युको खबर आफन्तले आमा लक्ष्मी बादीलाई सुनाए । कालिकोटबाट शिशुलाई नेपाल ल्याउन मुग्लान लागिन । कमाउन गएका छोरा र बुहारीको काजकिरिया गरि दुई नातिनी ल्याएर गाउँ फर्किइन ।
गाउँमा घर नहुँदा लक्ष्मीले दुधे बालिका सहित चार जना परिवारलाई छरछिमेकी घरमा बसेर पालिन । दुधे बालिकालाई गाउँबाटै भैसीको दुध खुवाएरै पालिन । मनिषा ६ बर्षकी छन् भने सृष्टि ११ महिना पुगिन । घरबार विहिन लक्ष्मी आजभोली पाँच सय भाडातिरेर सदरमुकाम नजिकै बस्छन् । अहिले सम्म घरको भाडा समेत तिरेको छैन,घरभेटीले पैसा मागिरहेका छन् । नातिनीलाई खुवाएको दुधको पैसा तिरेको छैन । कोरोना गर्दा केही दिन सिस्नु र भाँडेको साग पकाएर खाए,गहँभरि आँशु निकाल्दै पिडा सुनाईन ।
भारतबाट फर्केपछि नातिनीलाई सँगै लिएर गिट्टी कुटेर नातिनी पाल्ने गरेको बताईन । कोरोनाले गर्दा सबै काम बन्द छ । गिट्टी कुटन समेत पाएको छैन । नातिनीलाई कसरी पाल्ने हो । पैसा नदिए छरछिमेकीले दुध दिदैन उनले भनिन् । दुध नहुँदा कति दिन पानी सँगै विस्कुट खुवाएर सुताएको छु,यति भनिरहँदा उनका आँखा एकछिन पनि ओभान रहेनन,निरन्तर आँखाबाट आँशु छचल्किएका थिए ।
नाबालिका सृष्टि र मनिषाको चारवटा अंकल दुईवटा फुपु छन् । दैलेखको तल्लोडुगेश्वर भएकोले कसैले सहयोग गर्दैन । म बुढीले जेनतेन गरि पालेकी छु,। अहिले म सँग दुईवटा नातिनी एउटी छोरी गरि चारजना परिवार छ,उनले भनिन् ।
उमेर ६० बर्ष पुगेपनि लक्ष्मीको नागिरकता नहुँदा सामाजिक सुरक्षाको भत्ताबाट बञ्चित छिन् । सृष्टि र मनिषाको आमा बाबुको समेत नागरिकता नहुँदा जन्मदर्ता छैन । नागरिकता बनाईदिएको भए । भत्ताबाटै आएको पैसाले नातिनीलाई दुध खुवाउँथे,उनले थपिन ।
कोभिड –१९ को दोस्रो चरणको निषेधाज्ञा संक्रमणले गिट्टी कुटेर चार जहानको परिवार पाल्दै आएकी लक्ष्मीलाई आजभोली चार जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको छ । सृष्टि र मनिषा हजुरआमा लक्ष्मी बादीको सहारामा छन् ।
गिट्टी कुटेर नातिनी पाल्दै आएकी लक्ष्मीलाई लकडाउन आजभोली छाक टार्न धौं–धौं परेको छ ।
केही दिन अगाडी सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटको बालहेल्प लाईनमा छरछिमेकले समस्या टिपाई दिएपछि गएको शनिवार सामाजिक सेवा केन्द्रबाट १प्याक चामल,नुन,तेल सहयोग पाएकी छन् । दुधको १० हजार समेत सोसेक तिरिदिएको कालिकोट सोसेककी जिल्ला संयोजक संगिता ओलीले बताईन ।
उनले भनिन,समस्या त उहाँको छ । तर उहाँ नातिनीलाई पढाउन चाहानु हुदैन । आफै पाल्ने भन्नुहुन्छ । हजुर आमाको नागरिकता नहुँदा बालिकाको जन्मदर्ता भएको छैन । स्थानीय सरकारले लक्ष्मीको नागरिकता र बालिकाको जन्मदर्ता,बनाई दिए केही राहत हुने थियो ।
लक्ष्मी आफनै घर बस्ने चाहान्छ । सुकुम्बासी भएको जग्गा जमिन छैन । घर बनाउने पैसा छैन । लगानी भएको भए व्यापार व्यवसाय गरेर नातिनी पढाउँथे पाल्थे । हामी गरिबकन सरकारले सहयोग गर्लान र !

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: