Skip to main content
२०७८ श्रावन २१, बिहिबार

संकटको सारथी सोसेक

दैलेख । कोभिड –१९ को संक्रमणले नेपालमा लकडाउनमा छ । अतिआवश्यक सवारी साधन बाहेक आवतजावत बन्द छ । राष्ट्रिय गौरवका आयोजना बाहेक स साना विकास निर्माण काम समेत ठप्प छन् । शहर बजार जताततै बन्द छन् । उद्योग धन्दा कलकारखाना सञ्चालनमा छैनन् । ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न र गरिव परिवारलाई छाक टार्न धौं धौं परेको छ । तीनवटै सरकारमा स्वास्थ्य सामाग्री अभाव उस्तै छ । स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री नहुँदा अकालमै नागिरकले ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
जिल्लामा गैरसरकारी संस्था छन् । तर केही संस्थाको महामारीमा सहयोग गर्नुको साटो गुमनाम छन् । जिल्लामा एक मात्र गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले कालिकोट,दैलेख र अछामका पालिका,स्वास्थ्य केन्द्र लगायत नागरिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरि ‘संकटको सारथी’ बनेको छ । आम नागरिकले स्वस्थ भएर बाँच्न पाउने हक अधिकार सहयोग पु¥याएको छ ।
पहिलो चरणमा केही संस्थाले सहयोग गरेजस्तो देखिएपनि दोस्रो चरणको कोरोना लहरमा सोसेक मात्र महामारी फैलिन नदिन लागि परेको छ । गाउँ गाउँमा भएका बालक्लव,बालसञ्जाल लगायतका समुहलाई कोभिड विरुद्ध लाग्न र गाउँ गाउँमा जनचेतना फैलाई रहेको छ । बालबालिकाले समेत अभिभावकलाई कोरोना संक्रमणबाट बच्न सचेतना फैलाई रहेका छन् । पढन जानेकालाई पोष्टर लेखेर ज्ञान दिएका छन भने पढन नजान्नेलाई चित्रको माध्यमबाट जनचेतना जगाउने काम गरेको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । उनले भने,सोसेकको काम गर्व गर्न लायक छ । महामारी बेला यो संस्थाले पु¥याएको सहयोग अतुलिय छ ,उनले भने ।


सोसेकद्धारा स्वास्थ्य सामाग्री सहयोग

कोभिड १९ बाट जिल्लामा २५ जनाले ज्यान गुमाईसकेका छन भने तीन हजार दुई सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ६१ जनाले कोरोना परास्त गरी सकेका छन् । महामारी नियन्त्रणका लागि स्थानीय तह र जिल्लास्थित अस्पतालहरुलाई सामाजिक सेवा केन्द्र अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्नमा लागि परेको छ ।
संकटमा सोसेकले स्थानीय तह, अस्पताल, स्वास्थ्य चौकी र समुदायमा दातृ निकायको सहयोगमा संकटमा सारथी बनेर अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेको छ ।
केन्द्रले अघिल्लो साता मात्रै दैलेखको भैरबी गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका, खाँडाचक्र नगरपालिकामा स्वास्थ्य उपकरण सहयोग हस्तान्तरण गरेको थियो ।

कोभिड संक्रमण फैलिन नदिनको लागि आइतवार दैलेखको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पताल र डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । १३ लाख ९७ हजार एक सय २५ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।


हेल्भेटास स्वीसइन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा संस्थाले दुल्लु अस्पताललाई तीन वटा अक्सिजन कन्सन्ट्रेटर दुई वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । त्यस्तै एक सय ५० सेट पीपिई, पाँच सय जोर ग्लोब्स, एक हजार थान सर्जिकल मास्क, २० जार स्यानीटाइजर सहयोग उपलब्ध गराएको थियो ।
दुल्लु अस्पताललाई १५ थान थर्मल गन, एक सय ५० थान एननाइन्टीफाइभ मास्क, २५ थान पल्स अक्सिमिटर, ३० सेट स्प्रे ट्यांकी, २५ थान डिजिटल थर्मामिटर, एक सय थान फेससिल्ड, पाँच वटा स्ट्रेचर छ । यस्तै स्वास्थ्य सरसफाईका ५० किट, २० थान चाइल्ड अक्सिमिटर, पाँच सय बोटल भारेक्स र दुई हजार जोर सर्जिकल ग्लोब्स सोसेका संस्थापक अध्यक्ष हीरासिंह थापा र पूर्व अध्यक्ष सिता रानाले दुल्लू अस्पतालका डा.रन्जना रोकायालाई गएको आईतबार हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि सोही संस्थाले डुङ्गेश्वर गाउँपालिकालाई ५५ सेट पीपिई, एक हजार जोर लुज ग्लोब्स, चार हजार थान सर्जिकल मास्क, २० जार स्यानीटाइजर, पाँच थान थर्मलगन, पाँच सय ५० वटा एननाइन्टीफाइभ मास्क, १५ थान पल्स अक्सिमिटर, २० थान स्प्रे ट्यांकी १५ थान डिजिटल थर्मामिटर, सय थान फेस सिल्ड, दुई थान स्टेचर र पाँच थान चाइल्ड अक्सिमिटर गाउँपालिकालाई अध्यक्ष नगेन्द्र बहादुर मल्ललाई हस्तान्तरण गरिएको सेवा केन्द्र सोसेकले जनाएको छ ।

गएको आईतबार दैलेखको डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापा । तस्वीर : भक्तबहादुर शाही


पहिलो चरण भन्दा दोस्रा चरणको कोरोना भाईरस खतरनाक भएको हुँदा रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था र समुदायस्तरमा स्वास्थ्य सामग्री सहयोग गरिरहेको सेवा केन्द्रका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले सहयोग प्राप्त भएको स्वास्थ्य उपकरण र सामग्रीहरुले गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट जोगाउन सहयोग पुग्ने बताए । प्राप्त सामग्री गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइने अध्यक्ष मल्लले बताए ।

दुल्लु अस्पतालका प्रमुख डा. रन्जना रोकायले संस्थाले अस्पतालका लागि निरन्तर योगदान दिईरहेको बताइन् । दुल्लु क्षेत्रपनि कोभिडबाट प्रभावित भएको बताउँदै डा. रोकायले संक्रमण रोकथाम तथा नियन्त्रण र नागरिकको जीवन बचाउन प्राप्त स्वास्थ्य उपकरणहरुले सहयोग पु¥याउने बताइन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: