Skip to main content
२०७८ श्रावन २१, बिहिबार

डाँसीबुणीको कथा

दैलेख जिल्लाको ठाटीकाँध गाउपालिकाको पाँचालामा अवस्थित श्री मालिका माध्यामिक विद्यालय रहेको पाखोको पुरानो नाम डाँसीबुणी हो । यो पाखामा उहिले निकै घना जङ्गल थियो । सालका निकै ठुला र पुराना रुख रहेको यो वनको भुई भाग कुईयाँसीका बाक्ला जेणहरूले जेलिएको थियो । वनको ठुलो हिस्सा बाक्लो काँडायुक्त कुईयाँसीको जेणले जेलिएकाले यस्को कुनै प्रयोजन थिएन । हो छेउछाउबाट पाकेका कुईयाँसी टिपेर यसबाट चुक बनाई प्रयोग गर्ने गरिएको कुरा भने पाँचालाका बुढापाकाहरू सुनाउँछन । यो जङ्गलको शिरमा विन्द्रासैनी माइको थपना थियो । अलि माथितिर बाटो र चौतारो पनि थियो । यही बाटाकोे चौतारो र माइको थपना वरपरको बनमा पाँचाला गाउँका भैसीहरू चर्दथे ।

पाँचालाका आइतमको पाँचौ पुस्ताका राजा पुनीमलको समयको कुरा हो । एक दिन माइको थपनाको अलि तलतिर चर्ने क्रममा पाँचालाका ठकुरीको एउटा निकै राम्रो र दुधालु भैसी माथीको पाखाबाट तल कुईयाँसीको जेणमा खस्यो । जेणमा खसेको त्यो भैसी न त माथी पाखामा आउन सक्यो न त तल जमिनमा झर्न सक्यो । कुईयाँसीका तिखा काँडाको जेणमा अड्किएको भैसी पिडाले निकै जोरले कराउन थाल्यो । भैसीलाई जेणबाट निकाल्न गोठालाहरू र गाउँबाट धेरै मानिसहरू जम्मा भए तर केही गरी पनि निकाल्न सकिएन । भैसी जेणबाट निकाल्ने प्रयास असफल भएपछि यो कुरा राजा पुनिमल समक्ष पुग्यो । उनले त्यो भैसी कसले निकाल्न सक्छ भनी छलफल गर्न भेला डाके । छलफलमा त्यो काम हालको कालीकोट जिल्लाको भर्ता गाउँका तिख्या र धौल्या नामका दाजुभाईले मात्र गर्न सक्ने निष्कर्ष निकालियो । राजा पुनीमलले उनीहरूलाई ल्याउन तत्कालै मानिस पठाउन लगाए ।

भोलीपल्ट विहान एकारातै दुई जना मानिस राजा पुनिमलको सन्देश सहित तिख्या धौल्यालाई ल्याउन भर्ता गए । आप्mनो पहलवानी र पुरुषार्थ परोपकारमा लगाउने जमाना जो थियो राजा पुनिमलको सन्देश सुन्ने वित्तीकै तिख्या धौल्या दाजुभाई अलमल नगरी ती मानिसका साथ औल तर्फ लागे । भोक, प्याँस र पिँडाले जेणमा फसेको भैसी कमजोर हुँदै गएको थियो । कुईयाँसीका काँडाहरूले जिउभरी घोचेर रगतका धारा बगेर पनि टाटा बसिसकेका थिए । आकाशमा चिल र कागहरूले फन्को लगाउन र भुईमा स्यालहरूले हुँइयाँ मच्याउन थालिसकेका थिए । कराउँदा कराउँदै एकातिर भैसीको आवाज मधुरो भइसकेको थियो भने अर्कातिर गोठमा उसको सानो थोरो भोक र आमाको मायाले छट्पटाउदै आवाज निकाल्न नसक्ने स्थितीमा पुगी लिल्याउदै थियो ।

तिख्या र धौल्या आउने भने पछि त्यहाँ उनीहरूले भैसी निकालेको हेर्न वरिपरिका सारा गाउँका मानिसहरू उर्लिएर आएका थिए । मध्याह्नको समय उनीहरू डाँसीबुणी पुगे । अग्ला र राता वर्णका निकै खदिलो जिउडालका उनीहरू दुवैको कदकाठी भिमकाय थियो । उनीहरूले आफ्नो शरिरमा वाइसपाख्या काम्लाको गादो बानेका थिए । कम्मरमा झुण्डीएको जँतारो जत्रो कठिया (खुर्पेटो)मा दुई धार्नी को कोथाल्या आँसी चमचमाई रहेको थियो ।

तिख्या र धौल्या आउने भने पछि त्यहाँ उनीहरूले भैसी निकालेको हेर्न वरिपरिका सारा गाउँका मानिसहरू उर्लिएर आएका थिए । मध्याह्नको समय उनीहरू डाँसीबुणी पुगे । अग्ला र राता वर्णका निकै खदिलो जिउडालका उनीहरू दुवैको कदकाठी भिमकाय थियो । उनीहरूले आफ्नो शरिरमा वाइसपाख्या काम्लाको गादो बानेका थिए । कम्मरमा झुण्डीएको जँतारो जत्रो कठिया (खुर्पेटो)मा दुई धार्नी को कोथाल्या आँसी चमचमाई रहेको थियो । दुबै भाईले जेणमा अड्किएको भैसी र वरपरको सबै वस्तुस्थिती नियालेर हेरे पछि दाजु तिख्या माथी पाखामा बसे । भाई धौल्या तल भैसी टंगिएको जेणमा कुँदे । भैसीको नजिक पुगे पछि उनले निकै स्नेहले त्यो निरिह भैसीलाई सुम्सुम्याए । भैसीलाई यी मानिस आप्mनो सहायताका लागि आएका हुन भन्ने अनुभुत भएछ उसले आँखाबाट निकै बेरसम्म आँसु बगाइरह्यो । धौल्याले भैसीको पिठ्युमा मायाले थपथपाउदै म तँलाई निकाल्छु केही समय कष्ट काट भने र नजिकैका कुईयाँसीका हाँगाबिगा काटेर प्वाल बनाए ।

त्यो प्वालबाट तल गई उनले बिस्तारै कुईयाँसीका बोटहरू काट्न थाले । उनले तलबाट भैसीलाई बीचमा पर्नेगरी चारैतिर मिलाएर एकएक गरी कुईयाँसीका झ्याङहरू फाँड्दै गए । उनलाई माथी पाखाबाट दाजु तिख्याले यसो गर उसो गर भनि सिकाई रहे । तलबाट मिलाएर काट्दै गएकाले बिस्तारै बिस्तारै भैसी सहितको कुईयाँसीको जेण भुईँमा बस्यो । जेण यती बाक्लो र बलियो थियो की त्यो भैसीले आफु जमिनमा पुगेको चाल समेत पाएन । भैसीलाई भुईँमा झारी सकेपछि धौल्याले माथी पाखासम्म जानको लागि बाटो बनाउन थप जेण फाँडे ।

भैसी भुईमा ओरालियो अव माथी पाखामा लैजानु पर्ने थियो । पाखासम्म जान त्यहाँ बाटो थिएन । त्यो भित्तामा भैसी चढ्न सक्ने अवस्था पनि थिएन । अब के हुन्छ भनी माथी पाखाबाट मानिसहरू कौतुहलताका साथ हेर्न थाले । धौल्याले बसीरहेको भैसीलाई बिस्तारै उठाए । उनले त्यो भैसीलाई आफु र भैसी रहेको पाटाको भित्ता नजिकसम्म हिड्न लगाए । त्यसपछि उनले हातमा रहेको आँसी कठियामा राखे । अगाडी उभिरहेको भैसीलाई काखी लगाएर उठाउदै माथिल्लो पाटामा उभिएका आफ्ना दाजु तर्फ बढाए । भाईले काखी च्यापेर माथी तर्फ बढाएको भैसीलाई तिख्याले झुकेर समात्दै उठाएर पाखामा राखे । यस पछि तलबाट हात दिएका भाईको हात समातेर उनलाई समेत माथी ताने ।

आफ्नो स्वास रोकेर यो दृश्य हेरिरहेका सबैका मुखबाट एकाएक तिख्या धौल्याको जयजयकारको आवाज गुञ्जियो । राजा पुनीमलले दुबै दाजुभाइलाई धाप मार्दै उनीहरूको पहलवानी र पुरुषार्थको कदर गर्दै पिठायो (चामल र हल्दी एकसाथ पिँधेर बनाएको टीका) र फुलमाला लगाई दिए । यसपछि तयारी अवस्थामा राखिएका दमाईहरूले दमाहा, सहनाई र झ्याली झ्याम्टा बजाउँदै उनीहरूको हर्ष बढाई गरे । तिख्या धौल्याको काम सकियो । सबैसँग हार्दिकताका साथ बिदावारी भएर उनीहरू आफ्नो घर भर्ता फर्किन थाले ।

राजा पुनिमलले तीख्या धौल्या दाजुभाईलाई पाँचालामामै बस्न अनुरोध गरे । तीख्याले राजा पुनीमल र उनका रैतीहरूलाई आफुुहरू प्रति देखाएको सदासयता र गरिएको मान मनितो तथा सम्मानका लागि आभार व्यक्त गर्दै आफुहरू भर्ता छोड्न नसक्ने भनी बाटो लागे । उनले यसो भनी बाटो लागे पछी राजा पुनीमलले त्यहाँ भएका सबै रैतीहरू र बाजा बजाउने दमाईहरूलाई सबै बाजा नगरा बजाउदै तीख्या धौल्याको अगाडी लागेर उनीहरूको बाटो छेकी यही बस्न अनुरोध गर्न लगाए ।

दानविर र सुकिर्ती कमाएका व्यक्तिहरूले वीर, पुरुषार्थी र परोपकारी व्यक्तिको मान मनितो र सम्मान गर्ने जमाना जो थियो । यस्ता वीर पुरुष र परमार्थीहरूलाई आफ्ना ठाउँमा स्थापित गर्ने प्रतिस्पर्धा हुने गर्दथ्यो । राजा पुनिमलले तीख्या धौल्या दाजुभाईलाई पाँचालामामै बस्न अनुरोध गरे । तीख्याले राजा पुनीमल र उनका रैतीहरूलाई आफुुहरू प्रति देखाएको सदासयता र गरिएको मान मनितो तथा सम्मानका लागि आभार व्यक्त गर्दै आफुहरू भर्ता छोड्न नसक्ने भनी बाटो लागे । उनले यसो भनी बाटो लागे पछी राजा पुनीमलले त्यहाँ भएका सबै रैतीहरू र बाजा बजाउने दमाईहरूलाई सबै बाजा नगरा बजाउदै तीख्या धौल्याको अगाडी लागेर उनीहरूको बाटो छेकी यही बस्न अनुरोध गर्न लगाए ।

राजा पुनीमल र उनका रैतीहरूले आफुहरू प्रती देखाएको यो सम्मानलाई वीर पुरुष तिख्याले लत्याउन सकेनन । लावालस्कर सहित अगाडी बढेका उनले टक्क रोकिँदै भाईलाई भने ‘भाई तिमी यही बस म भर्ता फर्किन्छु । यहाँ तिमीलाई राम्रै व्यवस्था हुने देखेको छु । तिमी यहाँ बस्यौ भने यो औलमा समेत हाम्रो सन्तान फैलिनेछ । पुर्खाको हाँगो बढ्नेछ ।’ दाजुका कुरामा धौल्याले सहमति जनाए । त्यसपछि राजा पुनीमलले महापुरुष तिख्यालाई धेरै किसिमका उपहार दिएर बाजा बजाउँदै भर्तासम्म पुर्याउन मानिसहरू पठाए ।

पहिलाको डाँसीबुणी हालको मालिकाका मावि पाँचाला गाउँ ।

राजा पुनीमलले धौल्यालाई र उनका हुने सन्तानहरूलाई आफ्ना भाइबन्धुको सरावरी राखी उनको घर व्यवहारका लागि चाहिने सबै व्यवस्था गर्न लगाए । यो धर्म, थिती र आत्मियताको रेख अहिलेसम्म पनि ज्युँदो छ । पाँचालाका राजा आईतमका सन्तान र वीर पुरुष धौल्याका सन्ततीहरूको भाईचारा अहिलेसम्म पनि यथावत रहेकोछ र जुगानुजुग रहिरहने छ ।

तीख्याको बिदाई पछि राजा पुनीमलले वीर धौल्यालाई बाजागाजा र जयजयकारले पर्छाउँदै तल पाँचलाको गाउँमा ल्याए । त्यहाँ भएका सबै रैतीहरू र उनका भारदारहरू सबैको रोहवरमा राजाले उनलाई पाँचालाको भुुवाखाणा तलको लामा गणा देखी गाणसम्मको जग्गा भाग लगाई दिए । उनले धौल्यालाई र उनका हुने सन्तानहरूलाई आफ्ना भाइबन्धुको सरावरी राखी उनको घर व्यवहारका लागि चाहिने सबै व्यवस्था गर्न लगाए । यो धर्म, थिती र आत्मियताको रेख अहिलेसम्म पनि ज्युँदो छ । पाँचालाका राजा आईतमका सन्तान र वीर पुरुष धौल्याका सन्ततीहरूको भाईचारा अहिलेसम्म पनि यथावत रहेकोछ र जुगानुजुग रहिरहने छ ।

शाही कर्णालीको लोक संस्कृतिका विविध पाटासम्बन्धी अनसन्धानकर्ता हुन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: