एमालेकाे आज बस्ने स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमाेदन गर्ने
काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बोलाइएको छ । दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने छन् । विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ ।
माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहदुर तामाले बताए
यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।
