चार मन्त्रीले पनि लिए शपथ
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्रीले शपथ लिएका छन्।
शितल निवासमा मंगलबार साँझ प्रधानमन्त्रीमा देउवाले शपथ लिए लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले चार जना मन्त्रीलाई शपथ गराएकी हुन्।
माओवादी र कांग्रेसबाट २÷२ जना मन्त्री नियुक्त भएका हुन्। कांग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भएका हुन्।
शपथ समारोहमा माधव नेपालसहितका सबै पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरु शितल निवास पुगे पनि केपी ओली भने गएनन्।