संघियतापछि समृद्धितिर लम्किदै नौमुले
भक्तबहादुर शाही
दैलेख । तत्कालीन द्धन्द्धको माओवादीको हेडक्वाटर मानिएको दैलेखको नौमुले संघियतापछि समृद्धितिर लम्किन थालेको छ । राज्य र बिद्रोही पक्षको निशानामा परेर उजाड बनेको नौमूले शान्तिपछि समृद्धिको बाटो सम्मालेको हो ।
शान्ती पश्चात सडक, सञ्चार, विद्युत लगायतका पूर्वधार निर्माण भएपछि दिगो विकासमा लम्किएको हो । ११ वर्ष अघि मात्र दैलेख सदरमुकासँग सडक सञ्जालमा जोडिएपछि विकासका ढोका खुलेका थिए । तत्कालीन द्धन्द्धकालमा राज्य पक्ष र बिद्रोही पक्षको दोहोरो निसानामा शान्तीपश्चात नौमुलेमा फर्किएका छन् । शान्ति प्रक्रिया अघि मूल्यहिन भएको नौमूलेमा पछिल्लो समय जग्गाको मूल्य आकाशिएको छ ।
समृद्धिको मुख्य द्धार मानिएका सडक, सञ्चार, विद्युत व्यवस्थापन गाउँपालिका समृद्धि तर्फ अगाडी बढेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । गाउँपालिमा भएका स्रोत साधनको उचित प्रयोग गरेर नौमूलेलाई अझै नमूना बनाउने गरि काम गरिरहेको बताए । सरकार र बिद्रोही दुबै पक्षको निशाना परेर बस्ती विहिन बनेको नौमुलेमा विस्थापित फर्किसकेका छने । मान्छे हिड्न सक्ने वातावरण थिएन । कतिले आत्मसर्पण गरेर बिद्रोही माओबादी भएर हिड्नु पर्ने अबस्था थियो । बजार पनि सानो थियो औलामा गन्न सकिने घरहरु थिए द्धन्द्धकालकै बेला नौमूलेमा ठूलो घटना घट्यो नौमुलेमा रहेको ईलाका प्रहरी चौकीमा आक्रमण हुँदा ३२ जना प्रहरीले ज्यान गुमाएका कारण पनि ठुलो त्रास भएपछि स्थानीय बिस्थापीत भएपछि रित्तो भएका गाउँबस्तीहरु भरिदै गएका छन् उनले थपे ।
नौमूले क्षेत्रमा ३ वटा विद्युत आयोजना निर्माणको चरणमा छन । एउटा विद्युत उत्पादन संगै राष्ट्रिय प्रशारण लाईमा जडान भइसकेको छ । द्धन्द्धकालमा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवन निर्माण ६ वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । नौमूलेको प्रथामिक स्वास्थ्य केन्द्रको भवन निर्माण, गाउँपालिकामा नै बैंक स्थापना लगायत थुप्रै विकासले गर्दा नौमूले समृद्धिको यात्रामा पछ्याउदै गएको स्थानीय सन्दिप बिकले बताए । हाईड्रो हवले उदाउदै गरेको नौमूलेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु हाईड्रो हवको अवलोकन गर्न आउनेको सख्या दैनिक रुपमा बृद्धि हुँदै गएको बताए । नौमुलेमा तीनवटा हाईड्रोपावर छन् । एउटा संञ्चालनमा छ भने दुईवटा निर्माणधिन छन् ।

बिकट र द्धन्द्धग्रस्त क्षेत्रका रुपमा परिचित भएको दैलेखको नौमूले क्षेत्र तत्कालीन तोली,बालुवाटार, द्धारी,कालिका, सल्लेरी र चौराठा गाबिस मिलेर नौमूले गाउँपालिका निर्माण भएको हो । दैलेख र जाजरकोट जिल्लाको ब्यपारिक केन्द्रका मानिने गरेको छ । नेपाल सरकारले सारेको नमूना बस्ती आयोजनाबाट बजार क्षेत्रको सडक पक्की भएपछि जग्गाको मूल्य समेत आकाशिएको स्थानीय नगेन्द्र शर्माले बताए ।
पहिला मिटरका ५० हजार पर्ने जग्गाको मुल्य अहिले मिटरको ३ लाख भन्दा बढि पर्ने गरेको छ उनले भने । नौमूले गाउँपालिकाले स्थानीयलाई आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रहरु सञ्चालन गरेको नौमूले गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि र जडिबुटी लाई प्रथामितामा राखेको जनाएको छ । गाउँपालिकाले अहिले प्रत्येक वडामा अलैचीको बिरुवा रोप्ने अभियानकै रुपमा अगाडी सारेको गाउँपालिकाकी उपाध्यक्ष अमृता सिहले बताईन् । उनले कृषिमा आत्म निर्भर गाउँपालिका निर्माणका लागि बिभिन्न साझेदार सस्थाहरुको सहयोगमा सिचाई सुबिधा लागायतका योजनाहरु सञ्चालन गरेको जानकारी दिईन ।
