Skip to main content
२०७८ श्रावन २१, बिहिबार

चामुण्डाविन्द्रासैनी नगरपालिकाको ४५ करोड भन्दा बढी बजेट पारित

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले शिक्षा,स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकता दिदै ४५ करोड भन्दा बढी बजेट पारित गरेको छ । नवौं नगरसभाको तेस्रो वैठकले आर्थिक बर्ष ०७८/७९ लागि सो बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
बुधवार बसेको तेस्रो बैठकले नगरपालिकामा आगामी बर्षको लागि ४५ करोड भन्दा बढी बजेट सर्वसहमतिबाट पारित गरेको नगरउपप्रमुख तारा शाही खत्रीले बताईन । उनले भनिन,नगरपालिकाले गाउँ बस्ती टोलबाट आएका मागलाई प्राथमिकता राखेर बजेट पारित गरेको छ । नागरिकबाट आएको मागलाई बजेटले सम्बोधन गरेकाले कार्यान्वयन गर्न सजिलो हुनेछ । बजेट विशेष गरि शिक्षा,स्वास्थ्य कृषि र पर्यटनमा पहिलो प्राथमिकता राखेको छ ।
नगरपालिकाको नवौं नगरसभाबाको तेस्रो बैठकले कृषि शाखालाई १४ लाख ९९ हजार नौं सय ९९ रुपैयाँ, पशुसेवा शाखा र महिला बालबालिका शाखालाई १५÷१५ लाख, स्वास्थ्य शाखालाई ५० लाख र शिक्षा शाखालाई २ करोड ६८ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरि सर्वसहमतबाट पारित गरिएको छ,नगर उपप्रमुख तारा शाही खत्रीले भनिन् ।

त्यसैगरि नगरपालिकाले वडानं –१ मा ३२ लाख ८२ हजार, वडानं –२ मा २४ लाख २७ हजार, वडानं ३ मा २२ लाख ३६ हजार, क्रमश ४,५,६,७,८ र ९ मा २३ लाख ८१ हजार, २३ लाख ७३ हजार, २४ लाख ८ हजार, २३ लाख ३३ हजार, २२ लाख ६ हजार र २१ लाख ८० हजार रकम विनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

सर्वसम्मत रूपमा बजेट पास भएसँगै अब कार्यान्वयनको बाटोमा जाने नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रसँगै कृषि तथा पशुपालन, शिक्षा, यातायात, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: