Skip to main content
२०७८ श्रावन २१, बिहिबार

भगवानको भरोषामा भगिराम दम्पत्ती,सन्तान छन, साथमा छैनन्

दैलेख । सानो दुई कोठाको मुण्डा घर,घरमाथि सोलार पाता । कोठा भित्र नमिलाएर छरफस्ट राखिएका भाँडाकुँडा र कुनामा ऋण काढेर ल्याएको चामलको थैलो । यो कथा हो, दैलेख भैरवीगाउँपालिका –४ का भगिराम दम्पतिको । उमेर ६ दशक विताई सकेका भगिराम ५८ बर्षिया कलौरीलाई बुढेसकालमा जीवयापन गर्न धौं–धौ परेको छ । घरमा शौचालय छैन । घर भएपनि बर्षातमा चुहिन्छ । घरमा पत्नि बाहेक अरु परिवार नहुँदा सकि नसकि काम गर्नु पर्ने बाध्यता छ । सन्तान भएपनि साथमा कोही नहुँदा नाति नातिनाको हेरचाह गर्न बेला काम गर्नु पर्ने बाध्यताले पिडामा छन् ।

तीन छोरा एक छोरी भगिराम दम्पति साहारा विहिन छन् । भगिराम दम्पतिलाई विहाना बेलुका हातमुख जोर्न समस्या छ । जीवन धान्नकै लागि साहुँमहाजनको काम नगरि चुल्हो बल्दैन । सुख सुविस्ता पाउनका लागि भगिराम २०५९ मा छोरा भुवाने विकको विहे गरे । २०६० मा भुवानको श्रीमतिले छोरा जन्माइन् । छोरा जन्मेको ३ वर्षसम्म पनि भुवान घर नआउँदा बुहारीले दोस्रो विहे गरिने । नाति पदम विक १८ वर्ष भएपनि घरका कसैको सम्र्पकमा छैनन् कहाँ छन भन्ने अत्तोपत्तो छैन । पदमका बुबा भुवाने भने कालापाडमै दोस्रो विहे गरेर बसेका छन् ।

त्यसै गरि भगिरामको माइलो छोरा चन्द्र विक २५ वर्षको भए । ड्राइभिङ्ग सिक्दै गर्दा नेपालगञ्जकी सल्यानी किशोरीसंग माया प्रेममा परेर दुई वर्ष अघि विवाह गरी उतै बसेका छन् । विवाह भएर नाति जन्मि सकेपनि चन्द्रले आमा बाबुसँग बुहारीको भेट गराएका छैनन् । भगिरामको २० वर्षको कान्छो छोरा डम्बर भैरीकालिकाथुममै छन् । कहिले जुम्ला, कहिले सुर्खेत पुगेर मजदूरी गरे पनि कमाएको उतै खर्च गर्छन । गाउँमै आएको बेला पनि दौतरीहरुसंगै हिड्ने–डुल्ने, खानेबस्ने अनि फेरि अर्को जिल्ला गयो रे भन्ने खवर मात्र पुग्छ । छोरा घर पुग्दैन । बदमास सन्तान जन्मिनु भन्दा नभएकै बेश भनेर भगिराम पिडा सुनाए ।

भगिराम र कलौरीको कान्छी सन्तान छतकुमारी छिमेकी पालिका चामुण्डाविन्द्रासैनी ६ कलिलै उमेरमा विहेवारी भएको छ । विहेको दुई बर्ष वितिसक्दा छोरी सँग भेट हुन सकेको छैन । बेला बेला छतकुमारी भने आमा बाबुलाई सञ्चो विसञ्चो सोध्ने गरेकी आमा कलौरी सुनाईन । उनले भनिन,विहे हुने वित्तिकै छोरीको परिवार मुग्लान गए । एउटा छोरा जन्मिएको सुनेको छु । छोरी सँग भेट नभएर मरिन्छकी भन्ने चिन्ता लाग्ने गरेको उनले बताईन । उनले पिडा सुनाईन,भुवन र चन्द्र बिचका दुई सन्ताको ५ र ६ बर्षकै उमेरमा मृत्यु भयो । बाँचेकाहरु आफूसित छैनन् । आउजाउ पनि छैन, कहिले काहिं आउजाउ गर्ने कान्छो छोराको अल्लारे पाराले भगिराम र कलौरीलाई पिरोलेको छ । ‘पढाउन–लेखाउन खुबै कोसिस ग¥यौं उनीहरुले मानेनन्, सबै आ–आफ्नै तालका भए’ ।

दैलेख भैरवी गाँउपालिका ४ का भगिराम घरमा पालेका गाईलाई स्याहार गर्दै ।


२०४९ सालको फागुनमा भुवानपछिका दुई छोरा एक दिनको फरकमा ज्वरो आएर मृत्यु भएको थियो । विते । बाँचेका छोरा भए पनि भगिरामका आफना छैनन् । उनले उखानमै भने,‘छन् छोरा, छैनन् मेरा ।
सन्तान साथमा नभएपनि ६ दशक काटिसकेका भगिराम दम्पति जीवनयापनका लागि खेतीपातीमा लागेका छन् । थोरै जग्गा जमिन भएपनि बारी मलको लागि चारवटा गाई फालेका छन् । आफुलाई तरकारी लागि कलौरीले दिनहुँ हिउँदमा गाग्रीमा पानी बोकेर तरकारी फलाउनले गरेको बताईन । अझै पनि भगिराम कुवाको पानी पिउँछन् । पानी ल्याउको लागि कलौरीले झण्डै दुई घण्टाको समय खर्चर नाव खोला झर्नुपर्छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: