फेरिए देउकेटा
तल्लोडुश्वर, (दैलेख) । दैलेखको दुल्लू नगरपालिका २ को सिदेश्वर महादेव मन्दिरमा देउकेटा फेरिएका छन् । २०७७ मंसिर देखी ७ बर्षिया बालक सुवास गिरीलाई मन्दिरमा देउकेटा बनेका हुन् । महादेव उमावि कक्षा ३ मा अध्ययनरत गिरी १० बर्ष अझै मन्दिरमा पुजारी बस्नुपर्ने हुन्छ ।कर्णाली नदी र लोहोरे खोलाको संगममा रहेको दैलेखको तल्लोडु¨ेश्वर सिदेश्वर महादेव मन्दिरमा देउकेटा चढाउने परम्परा कायमै रहेको छ । धार्मिक परम्परा अनुसार देउकेटा मन्दिरमा नचढाए अनिष्ट हुने,दैवी प्रकोप आउने अन्धविश्वासका कारण देउकेटा चढाउने प्रथा कायमै रहेको हो । समुन्द्री सतहदेखी ५ सय ४४ मिटरको उचाईमा रहेको तल्लोडु¨ेश्वर दैलेखका पञ्चकोशी तिर्थस्थलको प्रवेशद्धारा हो ।
देवतालाई चढाएका जीवन गिरि एइई परिक्षा दिनुपर्ने भएको र १८ बर्ष पुरा भईसकेको हुँदा मन्दिरबाट अवकाश पाएका हुन् । सुवास गिरीलाई तिनै जीवन गिरीले काममा सहयोग पु¥याउँदै आएका हुन्छन् । सबै कामको जानकारी नभएकाले सहयोग गरिदिएको जीवनले बताए । २०६८ को जेठ महिनामा जीवन गिरी पुजारी बनेका थिए । देउकेटा बनेका जीवनका दाइ जीप दुर्घटना भएकै राती ९ वर्षिय साइलो छोराको व्रर्तवन्ध मन्दिरमा चढाइएको थियो ।

काठमाण्डुको भक्तपुर,ललितपुर तलेजु मन्दिरमा बालकुमारी राख्ने परम्परा जस्तै यस मन्दिरमा पनि नाबालाक केटो देउतालाई चढाउने परम्परा पुरानो हो । बालबालिकालाई धार्मिक स्थलमा देउकी,देउकेटा जस्ता कार्यमा लगाउने नहुने कानुनमा उल्लेख गरेपनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ ।
परम्परा अनुसार गिरी परिवारले पुजारी बस्ने परम्परा रहेको छ । विहान,बेलुका पुजापाठ गर्नु ,मन्दिरमा आएका भक्तजनहरुलाई टिका लगाई दिनु देउकेटाको दिनचार्या नै हुने गरेको छ । मन्दिरमा हप्ताको मंगलबार र शुक्रबारमा पुजापाठ गर्ने भक्तजनको घुइचो लाग्ने हुनाले देउकेटाको पढाई समेत विग्रिने आफन्त बताउँछन् । मन्दिरमा चढाएका देउकेटाले आफु बनाएको खाना बाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारीलाई नछुने चलन छ, यदी छोएमा देवता रिसाउने र पुजारी विरामी हुने,सर्पले लखेटने घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । पाठपुजा गर्ने सक्ने उमेर देखि १६ वर्षसम्म मात्र देउकेटा राख्ने चलन छ ।
देउकेटाको १६ वर्षपछि विहेवारीको अवस्था रहने भएकोले परम्परा अनुसार देउकेटा हटाउने गरेको दुल्लू नगरपालिका –१३ का विष्णु शाहीले बताए । ‘कसैसंग शारिरीक सम्बन्ध नहुने हु“दा १६ वर्षमुनीका बालकलाई मन्दिरमा चढाउँछन् उनले भने ।

विद्यालयमा पढाई हुँदा शिक्षकले उनलाई वेग्लै राखेर पढाउने गरेको देउकेटा बताउँछन् । ‘देउकेटालाई कसैले नछुनु सञ्चो हुदैन भनेर मलाई एक्लै राख्छन् ।’ “साथी संग खेल्ने मन लागेपनि हेरेर बसिरहन्छु ,घरमा आमा बुवाले अरु दिएको खानेकुरा नखानु र महिनावारीलाई नछुनु भन्छन् देउकेटाले भने । ”विगत २५ बर्ष देखी सञ्चार क्षेत्रमा काम गर्दै आएका एवं दैलेख जिल्लाका इन्सेक प्रतिनिधी अमर सुनार ,धर्म संस्कार मान्यता दिने गरेको छ । पढाई नै रोकेर देउकेटाका नाममा बालबालिका हक अधिकार हनन् हुने गरि राख्नुहुदैन,धार्मिक आस्था नखलबलिने,बालकले पनि पढन,लेख्न र खेल्न पाउनु पर्छ । ‘यो नै नैसर्गिक अधिकार हो’ । बालबालिका सिर्जनशिलता हुने समयमा अन्धविश्वासमा अडकाउनु राम्रो होइन, उनले भने ।
कर्णाली राजमार्गमा पर्ने यो मन्दिर पर्यटकीयले महत्वपुर्ण मानिनुका साथै मन्दिर नजिकैबाट ¥याप्टिङको लागि उपयुक्त ठाउँ रहेको छ । अधिकाँश विदेशी पर्यटक मन्दिर नजिकैबाट ¥याप्टिङ गरेर कर्णाली चिसापानी समेत पुग्ने गरेको बजारबासी बताउँछन् । मन्दिरमा महाशिव रात्रीका दिनमा मेला लाग्ने गर्दछ ।
