विप्लवद्धारा लकान्द्र स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग
दैलेख । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र ठाटीकाँधलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
बुधबार उक्त, सामाग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको विप्लव नेकपाले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम ठाटीकाँध गाउँ कमिटी सेक्रेटरी कमरेड शरदको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी कमरेड दिपेन्द्र प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि दिपेन्द्रले अहिले दलाल संसदीय ब्यवस्थाले स्वास्थ्य महङो र गरीबहरको पहुँच नरहेकाले आफ्नो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी ब्यवस्थाको लागि विगतदेखि नै संघर्ष गरेको बताए ।
उनले भने ,‘ दलाल पुँजीवादी ब्यबस्था र वैज्ञानिक समाजवादी व्यबस्था बारे जनमत संग्रह हुनपर्छ ।’
अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य कमरेड प्रकाश तिरुवाको बिशेष पहलमा अक्सिजन सिलिन्डर ३ वटा, कन्सन्सटेटर १, पल्स अक्सामिटर, हैन्ड गोल्बवस २००, कोभिड १९ थर्मोमिटर, सर्जिकल ह्वाइट क्याप, पिपिई सेट र सेनीटाईजर स्वास्थ्य केन्द्रलाई उपलब्ध गराईएको थियो ।
