ससुरा-बुहारीको अनैतिक सम्बन्ध थाहा पाएपछि………
धनुषा । धनुषामा सुसरा र बुहारीको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो ।
उनीहरूको हत्या आफूले गरेको ३० वर्षीय भागेश्वरले प्रहरी समक्ष स्वीकार गरेका छन् । भागेश्वर रामवृक्षका छोरा हुन् भने अम्बिकाका श्रीमान् ।
विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भागेश्वरले अनैतिक सम्बन्धको आशंका भएपछि गयराति करिब १ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० प्रकाश रानाभाटले भागेश्वरलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको बताए ।
‘उनले आफूले कर्तव्य गरेको स्वीकारेका छन्,’ एसपी रानाभाटले लोकान्तरसँग भने, ‘राति बाँसको कप्टेरा र फरुवा ९कोदालो०ले हानेको हुँ भन्ने स्वीकार गरेका छन् ।’
बिहान स्थानीय घर नजिकै आँपबारीमा रगतको छिर्का देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामवृक्ष र अम्बिका एकै चोटी हराएपछि गाउँलेले खोजीसमेत गरेका थिए ।
भागेश्वर २०६७ सालमा ४ वर्ष मलेसिया, आएर २०७३ सालमा कतार बसे, त्यसपछि ७७ पुसमा कतार गएर चैत ११ मा फर्किएका थिए । उनका १ छोरा र १ छोरी छन् ।
