न्युज २४ को पत्रकार भनेर ठगी गरेको आरोपमा सुर्खेतमा दुईजना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले पत्रकार हुँ भनेर ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।
उनिहरुलाई भदौ ३ गते प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्।
न्युज २४ को सुर्खेत संवाददाता हो भनेर उनिहरुले परिचय दिएका छन्। उनिहरुले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको घर्तीले जानकारी दिए ।
घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताए ।
ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।
