विकास नहुँनुको प्रमुख कारण भ्रष्टाचार हो : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विकास नहुँनुको प्रमुख कारण भ्रष्टाचार भएको बताएका छन्।
मंगलबार कालिकोटका सम्पुर्ण कार्यालय प्रमुखसँगको छलफलमा क्रममा यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारलाई रोक्न सबै लाग्नुपर्ने पनि बताए । साथै मुख्यमन्त्री शाहीले गत आर्थिक बर्षको समिक्षा गर्दै चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट कालिकोट जिल्लामा आएका योजनाहरुको बजेट कार्यान्वयन पुर्ण रुपमा गर्न शाहीले निर्देशन दिएका छन् ।
त्यसका लागि जिल्ला स्थित सम्पुर्ण कार्यालयका कर्मचारीहरु जिम्मेवारी पुर्वक काम गर्नुहोस,’शाहीले भने,‘कर्मचारीहरुको कामको रिपोर्टिङको प्रस्तुती कमजोर देखिएको छ। कर्मचारीहरुले काममाम अलि जाँगर लगाउनुप¥यो।’
मुख्यमन्त्री शाहीले कर्मचारीले आफुले गरेको कामको डाटा सुरक्षित तरिकाले राख्नपनि अुरोध गरेका छन्।
त्यो आधारमा कर्मचारीको कामको मुल्याङ्कन हुन्छ,’ शाहीले भने ,‘आफ्नो जिम्मेवारी बुझ्न जरुरी छ। अहिले हामीले जुन गतीले काम गरिरहेका छौँ,त्यो तरिकाले हामी सफल हुँदैनौँ। जनताको माग भनेको एक बाट १० मा जाउँ भन्ने छ । हामी सुस्त गतीमा हिड्यौँ।’
साथै मुख्यमन्त्री शाहीले आवाश्यकता भन्दा पनि व्यक्तिको चाहना अनुसार योजना गएकाले त्यसलाई रोक्न र कामलाई प्रभावकारी बनाउनका लागि अनुगमनलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
