रामचन्द्र भन्छन् महिले सभापती जीलाई सदस्यको सुची सार्वजनिक गर्न भनेकै हो
काँग्रेसमा किचलो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलित जिल्ला सभापतिहरूको माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
बुधबार आन्दोलित जिल्ल सभापतिहरूलाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यको सूची हेर्न पाउनुपर्ने भन्दै आन्दोलित जिल्ला सभापतिहरूको माग तत्काल सम्बोधन हुनुपर्ने बताए ।
उनले आफूले पार्टी सभापति शेरबहादुर देउवालई सूची सार्वजनिक गर्नका लागि आग्रह गरेकोसमेत बताए ।
फाइनल गरेर सूची अहिले सार्वजनिक गर्नुपर्छ, हेर्न पाउनु पर्छ, गल्ती सच्याउन पाउनुपर्छ,’ उनले भने,‘मैले सभापतिजीलाई सूची सार्वजनिक गरौँ धर्नाको आवश्यता पर्दैन भनेर भनेको हो । सभापतिहरूको माग तत्काल सम्बोधन गर्नुपर्छ ।’
नेता पौडेलले क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय कार्यान्वयन भए विवाद नहुने पनि बताए ।
अहिले वडाको चुनाव सुरु गरेर जीवन बचाउने प्रयास भइरहेको छ । तर मातहतको संयन्त्रबाट गाँठो फुकेन, कृयाशिल नटुंगाई कसरी हुन्छ ?,उनले भने, “क्रियाशील समितिले गरेको निर्णय कार्यान्वयन भएन । ती जनाको कमिटीले छानबिन समितिलाई दिएको छ ।
त्यसअजुसार काम गर्ने हो भने अहिले पनि टुंगो लाग्न सक्छ । क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना थालेका छन् ।
