काबुल विमानस्थलमा भएको शक्तिशाली विस्फोटमा १३ अमेरिकी र अफगानीको ज्यान गुम्यो
काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बिहीबार बेलुकी भएका दुई भीषण बम विस्फोटमा कम्तीमा १३ अमेरिकी तथा अफगानीहरुको ज्यान जानुका साथ कयौँ घाइते भएका छन्।
अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी दुई विस्फोटहरु आत्मघाती भएको तालिवानले दाबी गरेको छ। बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्।
रसियाको विदेश मन्त्रालयले पनि १३ जनाको ज्यान गुमेको पुष्टि गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
पेन्टागनका प्रवक्ता जोन किर्वीका अनुसार विमानस्थलनजिकैको ब्यारोन होटलमा पनि अर्को विस्फोट भएको छ।
यो पनि पढ्नुहोस
–विश्व बैंकद्वारा अफगानिस्तानलाई दिँदै आएको अनुदान निलम्बन
–अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार
–अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणाः युद्धका लागि तयार छौं हामी
