मार्क्सवादी दर्शन : सान्दर्भिकता र आवश्यकता
मार्क्सवादका कतिपय विरोधी तथा आलोचकहरूले अबको अवस्थामा मार्क्सवाद र त्यसका अध्ययनको सान्दर्भिकताबारे प्रश्न उठाउने गर्छन् र कतिपयले यो असान्दर्भिक भैसकेको तर्कसमेत प्रस्तुत गर्ने गरेका छन्। तर, यो उनको संकीर्ण वर्गीय राजनैतिक सोचको परिणाम हो। पहिलो कुरा मार्क्सवाद राजनैतिक दार्शनिक पद्धति मात्र नभै प्रकृत र मानवबीचका द्वन्द्वात्मक भौतिक सम्बन्ध, समष्टि प्रकृति र समाज विकासको द्वन्द्वात्मक चरित्र र मानव समाज लगायत ‘प्राकृतिक समष्टि’को पारस्परिक निर्भरताको अध्ययन गर्ने एकीकृत दार्शनिक पद्धति हो।
सामाजिक र प्राकृतिक परिघटना र विषयवस्तुलाई बुझ्न सधैँ यसको सान्दर्भिकता रही रहने छ। यो चिन्तन पद्धतिको समय सापेक्ष विकास र विस्तारित हुँदै जाने छ। यसलाई नकार गर्न सम्भव छैन।
दोस्रो कुरा, मार्क्सवादी चिन्तन प्रणाली वैज्ञानिक अनुसन्धानहरूको जगमा समाजमा स्थापित हुँदै जाने नयाँ आयाम, मूल्यमान्यता, सामाजिक चेतना, सामाजिक उत्पादन पद्धति तथा उत्पादन सम्बन्ध र वर्गीय अवस्थाका अन्तरसम्बन्धहरूको विश्लेषणको आधारमा सामाजिक परिवर्तनका लागि समय र अवस्था सापेक्ष मानिसका सचेत सामाजिक र राजनैतिक गतिविधि निर्धारण गर्न अपनाइने विश्लेषण पद्धति हो।
राजनैतिक जीवनमा यसका अध्ययनको महत्त्व सधैँ रहने छ। किनकि राजनैतिक गतिविधि सामाजिक जीवनको अभित्र अंग हो। समाजको विकास, सामाजिक अवस्थाहरूको परिवर्तन, नयाँ वैज्ञानिक उपलब्धि, आर्थिक-सामाजिक सम्बन्धहरूमा परिवर्तन आदिसँगै मार्क्सवाद विकसित हुन्छ, विस्तारित हुन्छ, पुरानो वा असान्दर्भिक हुँदैन। समयसँगै सामाजिक जीवनका नयाँ क्षेत्र र पक्ष उद्घाटित हुन्छन्, नयाँ सामाजिक अन्तरद्वन्द्व र अन्तरसम्बन्ध अगाडि आउँछन् र ती सामाजिक संरचनाका अंग बन्छन्, जसले सामाजिक विकासको नयाँ आधार तयार गर्छ भन्ने मार्क्सवादी सिद्धान्त र मान्यता मानव समाजका प्रत्येक कालखण्डका लागि त्यतिकै सत्य छ।
राजनैतिक जीवनमा यसका अध्ययनको महत्त्व सधैँ रहने छ। किनकि राजनैतिक गतिविधि सामाजिक जीवनको अभित्र अंग हो। समाजको विकास, सामाजिक अवस्थाहरूको परिवर्तन, नयाँ वैज्ञानिक उपलब्धि, आर्थिक-सामाजिक सम्बन्धहरूमा परिवर्तन आदिसँगै मार्क्सवाद विकसित हुन्छ, विस्तारित हुन्छ, पुरानो वा असान्दर्भिक हुँदैन। समयसँगै सामाजिक जीवनका नयाँ क्षेत्र र पक्ष उद्घाटित हुन्छन्, नयाँ सामाजिक अन्तरद्वन्द्व र अन्तरसम्बन्ध अगाडि आउँछन् र ती सामाजिक संरचनाका अंग बन्छन्, जसले सामाजिक विकासको नयाँ आधार तयार गर्छ भन्ने मार्क्सवादी सिद्धान्त र मान्यता मानव समाजका प्रत्येक कालखण्डका लागि त्यतिकै सत्य छ।
मार्क्सवादको सान्दर्भिकताको प्रश्न केवल सामाजिक परिघटनाहरूको विश्लेषण र त्यसबाट निःसृत हुने राजनैतिक चिन्तनको पक्षसम्म मात्र सीमित छैन। यो समाज विकासका मूल प्रवृत्ति र दिशाका साथसाथै सिंगो प्राकृतिक गति, त्यसको दिशा, कारण र परिणाम समेतका मूल प्रवृत्तिहरूको आधारभूत चरित्र र गुणवत्ताको अध्ययन र व्याख्या गर्ने सर्वांगीण पूर्ण दार्शनिक विश्लेषण पद्धति हो। यसै आधारमा प्रकृतिको अविभाज्य तथा विशिष्ट अंग मानव र मानव समाजको उत्पत्ति, विकाश, गति तथा दिशाको मूल प्रवृत्ति, गतिको कारण र परिणामको विश्लेषक मार्क्सले प्रस्तुत गरेका छन् र यसका अध्ययनको सार्थकता सधैँ रहने छ।
अपवादको रूपमा हुने एउटा दुई वटा राजनैतिक सामाजिक दुर्घटनाहरूको आधारमा राजनैतिक पक्षबाट मात्र यसको सान्दर्भिकता वा असान्दर्भिकताबारे प्रश्न उठाउनु सैद्धान्तिक प्रश्न नभएर वर्गीय राजनीतिको एउटा पाटोले राजनैतिक स्वार्थका लागि उठाइउने राजनैतिक प्रश्न मात्र हो। यस जीवनदर्शन र विश्लेषण पद्धतिको सत्यापन स्वयम् हाम्रो सामाजिक जीवनमा दैनिक रूपमा परिघटित भइरहने घटनाहरूले नै गर्दै गएका छन्।
सामाजिक दर्शनको पक्षबाट मार्क्सवादलाई हेर्ने हो भने मार्क्सले मानव, प्रकृति र सामाजिक उत्पादनलाई अभित्र द्वन्द्वात्मक अन्तरसम्बन्ध र अन्तरनिर्भरता तथा स्वायत्ततामा हेरेका छन्। तिनका बीचको अपरिहार्य क्रिया-प्रतिक्रिया तथा मानव चेतनासँग तिनको अन्तरसम्बन्धलाई वैज्ञानिक आधारमा हेरेको छन् र सामाजिक उत्पादन र पुनरुत्पादन केवल मानव समाजको मात्र विशिष्ट चरित्र हो र त्यसै अनुसार हेरिनु पर्ने सैद्धान्तिक आधार प्रस्तुत गरेका छन्।
मार्क्सले भनेका छन्- मानव समाजको इतिहास सामाजिक उत्पादन र पुनरुत्पादन प्रक्रियाका विकासको नैसर्गिक आवश्यकता र सामाजिक जीवनसँग त्यसको नैसर्गिक सम्बन्ध र तिनकाबीचको अद्वैत र द्वैतको विरोधाभासयुक्त द्वन्द्वात्मक नैसर्गिक स्वभावबाट नै इतिहासको द्वन्द्वात्मक गति, यावत सामाजिक परिघटनाहरूको स्वायत्तता र अन्तरनिर्भरता स्थापित छ।
तर, वर्गीय समाजमा वर्गसंघर्ष बस्तुगत यथार्थ हो। मार्क्सको यो निचोड वर्तमान पूँजीवादी उत्पादन प्रणालीमा पनि यथावत् छ र श्रम र ज्यालाबीच अन्तरद्वन्द्व जीवन्त मात्रै होइन नयाँ सघनता र विस्तारसहित कायम छ। जबसम्म समाजमा वर्गीय विभाजनको यो कारण जीवित रहन्छ र उत्पादन प्रक्रियाको आधारभूत अंग श्रमिक वर्ग साधन स्रोतमाथिको स्वामित्वबाट वञ्चित रहन्छ तबसम्म उ शोषणबाट मुक्त हुन सक्दैन र वर्गसंघर्ष जीवित रहन्छ। यो मार्क्सद्वारा प्रतिपादित वर्गसंघर्षका सिद्धान्तको सार्वभौमिकता के प्रमाणित छैन र ? के यो सत्य आजको यथार्थ होइन ? र, हामी मार्क्सवादको सान्दर्भिकता प्रश्न उठाउँछौं ?
मार्क्सले भनेका छन्- मानव समाजको इतिहास सामाजिक उत्पादन र पुनरुत्पादन प्रक्रियाका विकासको नैसर्गिक आवश्यकता र सामाजिक जीवनसँग त्यसको नैसर्गिक सम्बन्ध र तिनकाबीचको अद्वैत र द्वैतको विरोधाभासयुक्त द्वन्द्वात्मक नैसर्गिक स्वभावबाट नै इतिहासको द्वन्द्वात्मक गति, यावत सामाजिक परिघटनाहरूको स्वायत्तता र अन्तरनिर्भरता स्थापित छ।
यसैबाट स्वतःस्फूर्त रूपमा मानिस सामाजिक सम्बन्धमा जोडिन्छ र त्यसबाट निःसृत हुने उत्पादन सम्बन्ध नै समाजको वर्गीय विभाजन तथा वर्गीय शोषणको कार्य कारण हो। यो मानव समाजले आजसम्म भोगेको शाश्वत सत्य हो। त्यसको रूप, तीव्रता र गहनता वर्गसंघर्षका विकासको चरण सापेक्ष हुन्छन्।
जसरी मानव समाज विकासको निरन्तर प्रक्रियामा विभिन्न चरण पार गर्दै आजको अवस्थामा आइपुगेको छ। त्यसै गरी विविध प्रवृत्ति र चरित्रका भावी चरणहरू पनि आउने नै छन्। यसमा कुनै दुई मत छैन। यी प्रकृतिका द्वन्द्वात्मक प्रवृत्तिको अटुट क्रमिकता र विगतका उपलब्धि तथा उत्तरदानले सृजना गर्ने सामाजिक वस्तुगत अनिवार्यता र श्रृंखलाबद्ध परिवर्तनको तार्किक परिणाम हुने छन्। यस प्रक्रियामा मानव समाज निम्न स्तरबाट निरन्तर उच्च स्तरतिर संक्रमण गरेको छ। सामाजिक रूप लिनु पूर्वको प्राकृतिक जीवन पद्धतिमा मानिसको द्वन्द्व मूलरुपमा प्रकृति र बदलिँदै रहने प्राकृतिक अवस्थासँग थियो। मानवझुण्डले सामाजिक रूप लिएपछि पनि प्रकृतिसँगका यी अन्तरद्वन्द्व र द्वन्द्वात्मक अन्तरसम्बन्ध यथावत् नै छन् र यो सधैँ रही रहने स्वयमसिद्ध सत्य हो।
तर, यसका साथै सामाजिक जीवनका हरेक क्रियाकलापमा जीवनको अनिवार्य आवश्यकताले जन्माउने आफ्ना विशिष्ट नयाँ अन्तरसम्बन्ध र अन्तरद्वन्द्वमा पनि मानव समाज बाँधिएको छ। यो व्यक्तिको चाहना वा कुनै अदृश्य कर्ताको कर्म वा सद्भावको कारण नभै सामाजिक परिवर्तनको प्रक्रियाले उपस्थित गर्ने सामाजिक अनिवार्यताको परिणाम हो। यी अन्तरसम्बन्ध र अन्तरद्वन्द्व नै सामाजिक अन्तरद्वन्द्व र अन्तरसम्बन्धका कारक हुन्।
यी सम्बन्धहरू शाश्वत सामाजिक अनिवार्यताको कारण विकसित हुँदै, परिवर्तित हुँदै आजको अवस्थामा आएका छन्। मार्क्सवादका यी निचोड शाश्वत सत्य हुन्। यिनको असान्दर्भिकता वा समय सापेक्षताको प्रश्न नै छैन। यी सामाजिक परिवर्तनहरूलाई वस्तुनिष्ठ वैज्ञानिक आधारमा बुझ्न कम्युनिष्टलाई मात्र होइन सबैलाई मार्क्सवादका अध्ययनको आवश्यकता पर्छ।
मार्क्सका समयको मानव समाज भन्दा आज परिवर्तित अवस्थाको समाज छ। तत्कालीन अवस्थाका कतिपय आर्थिक, सामाजिक र राजनैतिक पक्ष इतिहास भैसकेका छन्, कतिपयले समय क्रमसँगै सान्दर्भिकता गुमाएको पनि छ। राजनैतिक पक्षबाट हेर्दा तत्कालीन अवस्थामा मार्क्सऔ-एंगेल्सद्वारा निकालिएका कतिपय निचोडहरू तात्कालिक सन्दर्भमा सत्य थिए तर आजको अवस्थामा तिनका कतिपय पक्षहरूलाई आजको अवस्थामा पुनः परिभाषित गर्नु पर्ने आवश्यकता छ। यो सत्य हो। तर, यसको अर्थ मार्क्सवादको सान्दर्भिकता सिद्धिएको भने कतै होइन। जस्तो सुकै परिवर्तन भएपनि त्यो सामाजिक उत्पादन प्रक्रियाको विकास तथा गतिको नै परिणाम हो। यसै प्रक्रिया अन्तरगत मानव सेपियन्सको अवस्थाबाट आजको अवस्थामा पुगेको हो।
एंगेल्सका शब्दमा- ‘श्रमले नै मानिसलाई जन्माएको’ हो। यहाँ ‘जन्मायो’ शब्दलाई शब्दको व्यापक अर्थमा बुझ्नु पर्दछ न कि गर्भाधानबाट जन्मिने बालका जन्मको संकीर्ण अर्थमा। मार्क्स भन्छन्- ‘सामाजिक उत्पादन प्रक्रियामा मानिस निरन्तर प्रकृतिमाथि क्रिया गर्दै रह्यो, उसलाई आफ्नो अनुकूल उपभोगका लागि परिवर्तन गर्ने काम गर्दै आयो, तर प्रकृतिलाई आफू अनुकूल बनाउने यस प्रयासमा उ स्वयम् पनि परिवर्तन हुँदै गयो’।
एंगेल्सका शब्दमा- ‘श्रमले नै मानिसलाई जन्माएको’ हो। यहाँ ‘जन्मायो’ शब्दलाई शब्दको व्यापक अर्थमा बुझ्नु पर्दछ न कि गर्भाधानबाट जन्मिने बालका जन्मको संकीर्ण अर्थमा। मार्क्स भन्छन्- ‘सामाजिक उत्पादन प्रक्रियामा मानिस निरन्तर प्रकृतिमाथि क्रिया गर्दै रह्यो, उसलाई आफ्नो अनुकूल उपभोगका लागि परिवर्तन गर्ने काम गर्दै आयो, तर प्रकृतिलाई आफू अनुकूल बनाउने यस प्रयासमा उ स्वयम् पनि परिवर्तन हुँदै गयो’।
यहाँ विशेष ध्यान दिनु पर्ने कुरा यी परिवर्तनको रूप होइन तिनको सार हो। यी नयाँ अवस्था जीवनको अपरिहार्य आवश्यकताले स्वयम स्थापित गर्ने कुरा हुन्। सामाजिक जीवन र विकासलाई यसै आधारमा हेर्नु मार्क्सवादी शिक्षा हो र यो सबैका लागि र सबै कालका लागि तथा सामाजिक गतिका सबै चरणका लागि त्यतिकै सत्य हो।
उत्पादन सामाजिक जीवनको अनिवार्यता र निरन्तरता हो। यो मानिसको आदिम कालमा थियो, आज छ र समाजको अस्तित्व रहुन्जेल सम्म रहने छ भन्ने कुरा जति सार्वभौम सत्य हो त्यति नै यसका लागि प्रकृति माथि उसको निर्भरता र अन्तरक्रिया पनि सार्वभौम सत्य हो। तर, मानवको आदिम कालको उत्पादन प्रक्रिया र आजको विकसित वैज्ञानिक युगको उत्पादन प्रक्रियाको रूप र सम्बन्धहरूमा अकल्पनीय भिन्नता छ।
यस निरन्तर परिवर्तनको सार बुझ्न मार्क्सद्वारा प्रतिपादित मानव र प्रकृति बीचका द्वन्द्वात्मक सम्बन्धलाई बुझ्न आवश्यक हुन्छ। निश्चित हो, मार्क्सको समयभन्दा आज मानवले यस उत्पादन प्रक्रियामा प्रकृतिका अनेकौं अज्ञात गुणहरूको पत्तो लगाई तिनको उपयोग र उपभोग गरेको छ भने कतिपय क्षेत्रमा तिनको प्राकृतिक रूप र चरित्रलाई समेत परिवर्तन गरी आफू अनुकूल उपभोग्य बनाउने प्रयास पनि गर्दैछ। समाज विकासको यस सम्पूर्ण द्वन्द्वात्मक प्रवृत्तिको सार र चरित्र मार्क्सवादको अध्ययन विना बुझ्न सकिँदैन।
आजसम्म मानव जातिले प्राप्त गरेको ज्ञानअनुसार मानव र मानव समाज अनन्त ब्रह्माण्डको एउटा सानो पिण्ड – यस पृथ्वीमा मात्र छ, यद्यपि मानवद्वारा अन्य पिण्ड वा ग्रहहरूमा जीवन अस्तित्वको खोजी भइरहेको छ तर त्यो भविष्यको कुरा हो। त्यसको सार, स्वरूप र जीवन प्रणालीबारे अहिले नै परिकल्पना गरी त्यसको खाका कोर्न सक्ने कुनै आधार अहिलेसम्म प्राप्त छैनन्। तर, हामी पृथ्वीमा छौं र यहाँ हामीले भन्ने गरेको र आफ्नो अध्ययन क्षेत्र बनाएको ‘मानव’ समाज मात्र छ। अतः मानव समाजको विकासका चरण, विकासको प्रवृत्ति, नियम आदि मानव जीवनका यावत् पक्षहरूको ज्ञान पृथ्वीका मानव सभ्यताले हिँडेको बाटो, प्राप्त गरेको अनुभव र त्यसको विकासका चरणको अध्ययनबाट प्राप्त गरेका ज्ञान मात्र हो। यसको सत्यापनको लागि विगतको अध्ययन र त्यसबाट प्राप्त हुने व्यवहारिक ज्ञान र यसमा देखिएका विकास र परिवर्तनका प्रवृत्ति र दिशा बाहेक अन्य कुनै समानान्तर आधार छैन।
सारांशमा भन्नुपर्दा हाम्रो अगाडि सामाजिक, राजनैतिक तथा दार्शनिक चिन्तनका विभिन्न धाराहरू विद्यमान छन् र दर्शनको वा समाजशास्त्रको कुनै पनि छात्रले जुन प्रस्थापनाहरू प्रति आफ्नो मनले मेल खान्छ त्यसलाई आत्मसात् गरी आफ्नो दार्शनिक, राजनैतिक, वैचारिक अवधारणा बनाउन सक्छन्।
तर दर्शनको सामाजिक पक्ष अर्थात्, समाजको उत्पत्ति विकास र त्यसको अन्तरस्थ स्वभाव र चरित्रबारे सर्वप्रथम र वैज्ञानिक आधार सहित केवल मार्क्सले व्याख्या गरेका छन् र यो अद्यापि अखण्डित छ। मार्क्सवादको एउटा पक्ष मानिसका राजनैतिक जीवनसँग पनि जोडिएको छ र राजनैतिक कर्मीले, त्यो जुनसुकै वैचारिक धारको भएपनि मानवको सामाजिक चरित्र, सामाजिक सहसम्बन्ध बुझ्न र आफ्नो राजनैतिक चिन्तनलाई व्यवहारिक रूप दिन आफ्नो समाजलाई बुझ्न मार्क्सद्वारा प्रतिपादित समाज विज्ञानको वैज्ञानिक पद्धतिको अध्ययन गर्नु आवश्यक हुन्छ।
