अमेरिकाको दक्षिणी राज्यहरुमा ‘आइडा’ आँधीले पारेको तहसनहस (तस्बिरमा हेर्नुहोस्)
अमेरिकाको दक्षिणी राज्य लुइजियाना लगाएतका क्षेत्रमा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी आउँदा राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।
आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

आँधी २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका थिए ।
सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
अमेरिकाको दक्षिणी राज्यहरुमा आइडा आँधीले पुर्याएको क्षेति तस्बिरमा हेर्नुहोस् :







तस्बिर : बीबीसी
