चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले एक बर्ष पछि बनायो समिति
हुम्ला । हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न नेपाल सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्याको अध्ययन गर्न समिति बनाउने निणर्य गरेको छ ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चा देखि हिल्ला सम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निणर्य भएको सरकारका प्रबक्ता एबं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।
कसरी फैलियो त चीनले सिमा मिचेको हल्ला
बर्षेनि झै यस बर्ष पनि नाम्खा गाउँपालिकाकोे वार्षिक कार्यक्रम अनुशार वडा नम्बर ६ लिमिमा एकिकृत शिविर सञ्चालन गर्न र योजनाहरुको स्थलगत अनुगमन गर्ने उद्देश्यले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ र प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेसहितको टोली गत बर्षको भदौं १९ गते शनिबार लिमि तिर लाग्यो । जिल्ला सदरमुकाम सिमकोटबाट गाउँपालिकाकै गाडीमा गएको टोलीले लिमिमा पुगेपछि अधिकांश गाउँपालिकाको निर्धारित लक्ष्य अनुसार कार्यक्रम सञ्चालनमा लागे ।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत पनि पालिकाको कामसंगै विभिन्न भेटघाट र प्रशासनिक काममा अल्झीए ।
गाउँपालिकाको टोली आप्mनो काममा व्यस्त रहेपनि लिमि पुगेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले केही स्थानीयलाई लिएर आफ्नो लिमि आउने प्रमुख उद्देश्य पुरा गर्न लिमिको लाप्चा तिर लागे । जाहाबाट कैलास मानसरोवरको दूर दर्शन गर्न पाईन्छ ।
लिमिबाट गाउँपालकाको गाडीमै गएका हमाल लाप्चामा पुगेर कैलासको दूर दर्शन गरे । नेपाली भूमिबाट सहज रुपमा मानसरोवार कैलासको दर्शन गरेका हमालले एकाएक उनले लोलुङजोङमा चीन पक्षले नयाँ भवन निर्माण गरेको देखे । मानव वस्ती नभएको पठार क्षेत्रमा सुविधासम्पन्न भवन निर्माण गरेको देखेपछि सँगै गएका स्थानीयलाई निर्मित भवनका बारेमा जिज्ञासा राखे । जवाफमा स्थानीयले चीनको बल मिच्याईका कारण नेपाली भूभागमा भवन निर्माण गरेको जवाफ दिए ।
स्थानियको जवाफ पछि आफु सरकारको प्रतिनिधि भएका नाताले नेपाली भुभागमा भवन बनाएको देखेपछि भवन भएको स्थानमा जान खोज्दा स्थानियले सो क्षेत्रमा चिनिया पक्षले जान नदिने कुरा सुनाए टाढैबाट भएपनि नेपाली भुमीमा निर्माण गरिका भवनहरुको तस्बीर लिने काम हमालले गरे ।
आप्mनो मोवाइलमा कैद गरिएका तस्बीर र सँगै गएका स्थानीयको भनाईको आधार चीनले नेपालको सिमाना मिचेर भवन निर्माण गरेको निस्कर्षमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी हमाल उक्त क्षेत्रको स्थलगत अध्ययनको दुई दिनमै सदरमुकाम सिमकोट फर्किए । सिमकोट पुगे पछि चीनले सिमाना मिचेको कुरालाई केही सञ्चारकर्मी माझ जानकारी गराए । सहायक प्रमुख जिल्ला अधिकारीले दिएको सूचनाका आधारमा जिल्लाका संचारकर्मीहरुले आफू आवद्ध सञ्चार माध्यममा सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई नैं कोड गरेर समाचार संप्रेषण गरे । परिणाम, देश विदेशमा नेपाली भूमी अतिक्रमण गरेर चीनले भवन निर्माण गरेको खबरले चर्चा पायो । यसै बिषयलाई लिएर गृह मन्त्रालयले सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण मागेर जिल्लाबाट सरुवा गर्यो ।
सिमा अतिक्रमण भए नभएको बुझ्न बिभिन्न टोली लाप्चा पुगे
यसरी सिमा अतिक्रमणको कुरा बाहिर आए पछि त्यस क्षेत्रको बिभिन्न टोलीहरु स्थलगत अनुगमनका लागि लिमिको लाप्चा पुगेका टोलीले आ आफ्नै किसिमले सिमाका बिषय टिका पिोणी गरे । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ का अधिकास स्थान नेपाल र चीन बीचको सिमाना भएको क्षेत्र हो । तत्कालिन समयमा नेपालको लिमि र मुचु गाविस अन्तरगत पर्ने यो क्षेत्र चीनको तिब्बत शासन अन्तरगत पथ्र्यो । हिउँदको समयमा अन्यत्र हिउँ परेर निकै जाडो हुने तर पुरै पठार क्षेत्र भएकाले कैलास मानसरोवरको आसपासमा हिउँ नपर्ने र हावा पनि त्यती नचल्ने भएका कारण हुम्लाको सिमा क्षेत्रका नागरिकले परम्परागत रुपमा पाल्दै आएका च्यांग्रा, चौरी लगायतका पशुवस्तु पाल्ने र चरण क्षेत्रका रुपमा त्यही क्षेत्रलाई उपयोग गर्दै आएको नेपाली भुमी अतिक्रमण गरेको बिषयलाई सरकारी पक्षले कुनै सुनुवाई नगरे पछि यस्को बास्तबिक्ता बुझ्न र स्थलगत अनुगमन गर्ने उद्देश्येका साथ नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीबनबहादुर शाहीको नेतृत्वमा ३५ सदस्यीय टोली गएको अशोज १४ गते बिहान सदरमुकाम सिमकोटबाट लिमि तिर लाग्यो ।
सदरमुकाम सिमकोटबाट हिडेको तेस्रो दिन बिहान १० बजे शाही नेतृत्वको टोली लाप्चा पुग्यो । त्याहा पुगे पछि समुन्द्रि सतह भन्दा ५०१८ मिटर उचाइमा लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको र नेपाल र चिनको सिमा भनिएको गप्पुदोचा देखि २ किलो मिटर नेपाल तिर लाप्चा नजिकै लोलुङजोङमा चिन सरकारले नेपाली भूमि अतिक्रमण गरी आफ्ना भौतिक संरचनाहरू निर्माण गर्नुका साथै उक्त स्थान भन्दा झण्डै २ कि.मि. टाढा मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाइ समेत आफ्नो भूभाग दावी गरे पछि अहिलेसम्म असल छिमेकीका रुपमा हेरीएको चिनले नेपाली सीमाको अतिक्रमण गरी नेपाल माथि विस्तारवाद लागू गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं कणर्ाली प्रदेश सभा काग्रेस संसदिय दलका नेता जीवनबहादुर शााही नेतृत्वको टोलीले सिमा अतिक्रमण गरेको निष्कर्ष निकाल्यो ।
लिमिको लाप्चा देखि हिल्साको किटसम्म रहेका सिमा स्थम्भ र सिमा क्षेत्रको स्थलगत अनुगमन र निरिक्षण पछि चिनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको, हिल्सामा रहेको ९(२) नम्बर पिलरको दुई तिहार्ई आफुतिर पारेर आफ्नो घेरवार गरेको, ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ६ ( १), ५ (१) र ५ (२) नम्बर पिलरलाई आफ्नोतिर पारि नेपाली भुमीमा घेरवार गरेकोे प्रत्येक्ष अबलोकन भ्रमणका क्रममा भेटिएको ५(२)को पुरानो जंगि पिल्लर उखेलेर खोलामा फालेको देखियो ।
चीनले मिचेको सिमाका सम्बन्धमा नेपालका राजनीति दल आफ्नो दलिय स्वार्थ भन्दामाथि उठेर राष्ट्रियताको पक्षमा बुलन्द आवाज उठाउने बेला आएको हुदा सिमा अबलोकन पछि आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीहरुसंगै केन्दैमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काग्रेसका सभापति, तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गरेको १ बर्ष पछि मात्र नेपाल सरकारले हुम्लाको सिमा बिबादको बिषयमा सुनुवाई गरेर गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको नेता शाहीले बताए ।
हुम्ला र चीनको सिमा क्षेत्रमा १५ वटा सिमा स्थम्भ
हुम्ला र चीनको सिमा क्षेत्रमा स्थापित भएका प्रहरी चौकीको मातहतमा सिमा स्थम्भ रहेका छन् । जसमध्ये ५ वटा सहायक र १० वटा मुख्य पिल्लर छन् । जिल्ला प्रशासन कार्यालय हुम्लामा भएको रेकर्ड अनुसार ३, ४, ५(१), ६(१), ७(१), ८(१), ९(१), १०, ११ र १२ नम्बरका मुख्य पिल्लर हुन भने ५(२), ६(२) ७(२), ८(२) र ९(२) नम्बका पिल्लर सहायक पिल्लरका रुपमा स्थापना गरिएका छन् । ३६ सय मिटरदेखि ६५५० मिटरको उच्चाईमा रहेका १५ वटै पिल्लरको पछिल्लो अवस्था सामान्य रहेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सिमानामा राखिएका स्थम्भको दूरी ८ सय मिटर देखि ७० किलो मिटरसम्म रहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँगे हुम्लाको अधिकांश उत्तरी क्षेत्रको भूभाग जोडिएको छ । हुम्लामा सिमा नाका भने पाँचवटा मात्रै रहेका छन् ।
जसमध्ये तीनवटा सिमा नाका उत्तरको नाम्खा गाउँपालिकाको सिमानामा पर्दछन् । जहाँ जिल्ला सदरमुकाम सिमकोट देखि ३४ कोषको दूरीमा रहेको हिल्सा नाका, ५० कोषको दूरीमा नाम्खा गाउँपालिका ६ लिमिको तालिङ नाका, सिमकोट देखि १३ कोष दुरीमा रहेको सिमकोट गाउँपालिका १ को चुवाखोला नाका र सिमकोटदेखि ४४ कोषको दुरीमा रहेको चंखेली गाउँपालिका ५ स्थित टाँके नाका छन । चुवाखोलाको सिमाना ठेहे प्रहरी चौकी मातहत राखिएको छ भने टाके नाका मेल्छाम प्रहरी चौकीले रेखदेख गर्ने गरेर राखिएको छ । तर दुई देशको सिमाना एकिन गर्न चुवाखोला र टाँकेमा कुनै सिमा स्थम्भ राखिएको छैन् ।
२०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको दाबी सार्वजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको सरकारी टोलीले स्थलगत अध्ययन पनि गर्यो । त्यसको प्रतिवेदन सार्वनजिक नभए पनि परराष्ट्र मन्त्रालयले चीनले नेपाली सीमा नमिचेको बतायो । लगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कणर्ाली प्रदेशसभा सदस्य जीवनबहादुर शाही नेतृत्वको टोली स्थलगत अध्ययनमा गयो, जसको प्रतिवेदनले सरकारी दाबीलाई खण्डन गरेको थियो ।
दुवै देशका विज्ञ सम्मिलित संयुक्त कार्यदल पठाउनुपर्ने माग गर्दै शाही नेतृत्वको टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले चीनसँग सीमा विवाद नभएको भन्दै सुनुवाइ गरेन । आफ्नै पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा चीनसँगको सीमा विवादबारे अध्ययन गर्ने विषय नपरेको भन्दै नेता शाहीले असन्तुष्टि जनाएका थिए । त्यसबेला देउवाले सरकारले समिति नै बनाएर अध्ययन गर्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन समिति बनाएको हो ।