कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामाग्री सहयोग
सुर्खेत। कर्णाली प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
विहिवार प्रतिष्ठानले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ उक्त स्वास्थ्य समाग्री हस्तान्तर गरेको हो ।
प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गाउन, इमेरजेन्सी रिलिफ बेड, पिपिइ सेट,मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।
स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । मुख्यमन्त्री शाहीले प्रतिष्ठानले यो भन्दा पछिको दिनहरुमा पनि निरन्तर सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । ‘
कर्णालीमा सहयोग गर्ने दाताहरुले पैसा भन्दा सामाग्री सहयोग गर्दा राम्रो भएको छ यहि सामान प्रदेश सरकारले खरिद गर्दा सार्वजनिक खरिद ऐनले गर्दा झनझटिलो गराएको छ, ‘मुख्यमन्त्री शाहीले भने,‘अब आउने दिनहरुमा प्रदेश सरकारलाई सहयोग गर्ने कुनै पनि संघ सस्थाले कर्णालीको आवाश्यकता के छ त्यसलाई ध्यान दिएर सहयोग गर्दा झनै राम्रो हुने छ,।’
प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले आफुहरुले यो भन्दा पछि कर्णालीको आवाश्यकता अनुसार फेरी पनि सहयोग गर्ने र त्यसको लागि प्रदेश सरकार सँग समान्वय गर्ने बताएकी थिइन् ।
