काँग्रेसको वडा अधिवेशन : दैलेखका कुन वडामा कसले पायो नेतृत्व ? अपडेट
दैलेख । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रबार देखि वडा तहको अधिवेशन सुरु भएको छ।
केही स्थानीयतहका वडाहरुले अधिवेशन सम्पन्न गरिसकेका छन् ।
केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ ।
शुक्रबार भएको वडा अधिवेशन अन्तर्गत दैलेख जिल्लामा धेरै जसो वडातहमा अधिवेशन सम्पन्न भईसकेको छ ।
कुन वडामा कस्ले पायो नेतृत्व
— ठाटीकाँध गाउँपालिका वडा नं.–१ मा बखत बहादुर भण्डारीको नेतृत्वमा कार्यसमिति घोषणा
— ठाटीकाँध –२ मा २ मा नेमराज शाहीको नेतृत्वमा कार्यसमिति घोषणा
— ठाटीकाँध –४ मा मोतिराम कठायतको नेतृत्वमा कार्यसमिति घोषणा
— ठाटीकाँध – ६ मा खड्क थापाको नेतृत्वमा नेतृत्वमा कार्यसमिति घोषणा
—चामुण्डाबिन्द्रासैनी नगरपालिका –५ मा भिमप्रसाद शर्माको नेतृत्वमा कार्यसमिति घोषणा
— चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा नामबहादुर बुढाको नेतृत्वमा कार्यसमिति घोषणा
— दुल्लु नगरपालिका— ३ मा स्वस्तिका महतको नेतृत्वमा कार्यसमिति घोषणा (उनी सबैभन्दा कान्छी वडा सभापती हुन)
—दुल्लु नगरपालिका –१०मा दिपेन पुरीको नेतृत्वमा कार्यसमिति घोषणा
— महावु गाउँपालिका — ४ राम बहादुर शाहीको नेतृत्वमा कार्यसमिति घोषणा
……….थप अपडेट आउन बाँकी छ

