नेकपा एमाले जुम्लाका ६१ जना जिल्ला समिति एकीकृत समाजवादीमा
जुम्ला । नेकपा एमाले जुम्लाको सिंगो जिल्ला समिति एकीकृत समाजवादी पाटीमा रहेको छ । नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रति निधि र एक जना मनोनित सदस्य बाहेक सबै एकीकृत समाजवादीमा लागेका हुन ।
नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेका सबै संगठनहरु समाजवादी पार्टीमा रहेको जनाएको दाबी गरेको हो ।
नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन ।
धिर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यस अघि निस्काशन गरिसकेको थियो । यो संगै युवासंघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ,प्रध्यापक संघ,शिक्षक संगठन,निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादी तिरै रहेको एकीकृत समाजबादले दाबी गरेको हो ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा,उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्र विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको छ ।
सचिव आदीप्रसाद न्यौपानेले जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए । उनले,‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन । केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले यही २२ गते सम्म गर्ने तयारीमा छन । ’
सुर्यचिन्ह्को अबधि सकियो
जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत समाजवादीमा लागेको जनप्रतिनिधिले जुम्लामा सुर्य चिन्ह्को अवधि सकिएको बताए । केन्द्र देखि जिल्ला सम्म केपी ओली गुटमा बा प्रबृति हावी भएका कारण सुर्य चिन्ह्को समय अवधि सकिएको बताए ।
केपी बाले गरेका गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको खुल्ला किताब चिन्ह् उदाएको सचिव आदीप्रसाद न्यौपानेले बताए । त्यस्तै सांसद रोकायाले भने,‘यो पार्टी कुर्चीका लागि होइन । यो पार्टी हरेक अनैतिकताको विरुद्ध लड्ने जुझारु पार्टी हो । ’जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओली निकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए । सांसद रोकायले भने अहिले हामी संकटमा छौँ । पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि हामी नै हौँ । अहिले अर्को पार्टी गठन गर्नु परेको छ । यो केपीको अहंकारका कारणले हो ।
उनले भने ,“आफुल् २०७० र २०७४ सालको चुनावमा माधव कुमार नेपालको प्यानलबाट चुनाव लडेको बताए । पहिले माओबादी केन्द्र संग पार्टी एकता गर्नु केपी ओलीको ठुलो भुल थियो ।एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यन्वयन इमान्दारीताका साथ कार्यन्वयन गर्नु पर्ने थियो । तर केपीले उलंघन गरे । हरेक बाडफाँडमा विभेद गर्न थाले । माधव नेपाल निकटलाई पेल्न थाले । विधि,पद्धति र प्रक्रिया मिच्न थाले । यो एकीकृत समाजबादी त्यसैको उपज हो,उनले भने । जुम्लामा मात्रै नभयर एकीकृत समाजबादीले यसले छोटो समयमै प्रगति गर्ने छ । हाम्रोमा पदभन्दा पार्टी,विचार र सिदान्तलाई प्रमुख मान्ने ब्यक्तिको जमात छ । त्यही भएर एकीकृत समाजवादी जुम्लामा फड्को मार्ने निश्चित छ ।
जुम्लामा केपी एमाले शुन्यमा झर्यो
सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरेका छन । उनले पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे ।उनले कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कव्जा गर्ने ठोकुवा गरे ।तत्कालिन नेकपा एमालेका सचिव तथा हालका नेकपा एकीकृत समाजवादीका नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै वाहुल्यता रहेको बताए । उनले थपे,‘ एमाले २५ प्रतिशत होला तर अव यो पनि घट्दैछ । ’उनले आगामी चुनावमा माओवादी संग तालमेल गरेर भएपनि चुनाव जित्ने बताए । नेता न्यौपानेले भने,‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ ।
एक बर्ष भित्र पार्टीको आफ्नै भवन हुनेछ । एमाले भन्दा ठुलो पार्टी बन्नेछ । त्यसैले एमाले तिर भएकासाथीहरुलाई आह्वान गर्छौँ । तपाइहरु एकीकृत समाजबादीमा आउनुहोस । नत्र पछि पछुताउनु पर्ने अवस्था आउन सक्छ । उनले सुर्य चिन्हले कुनै फरक नपार्ने बताए ।
पार्टीको विचार,सिद्धान्त र व्यवहारले फरक पार्ने हो ।उनले भने,‘सुर्य चिन्ह निर्जिव वस्तु हो । मुख्य कुरा विचार सिदान्त नै हो । जनता प्रतिको लगाव हो । ’केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फस्टाउन नसक्ने दावी नेकपा एकीकृत समाजवादी पार्टीको छ ।। हामी नयाँ तरिकाले अघि बढौँ । चिन्ह प्रमुख होइन । केही प्रभावशाली नेताका कारणसुर्य चिन्ह ब्राण्ड बनेको थियो । अब केपी बाले सुर्य चिन्हको अस्तित्व संकटमा परिरहेको छ । उनले भने,’पहिले एमाले बनाउने पनि हामी नै हो । अहिले समाजवादी पनि हामीले नै बनाउँछौँ । नेकपा एकीकृत सामाजवादी जिल्ला कार्यासमित जुम्लाले यही भदौ २३ गते आम सवा गर्ने जनाएको छ ।
