आरोप लागेको पुष्टि गर अनि मलाई जेल हाल : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन आग्रह गरेका छन्।
पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिएका हुन्।
म प्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छुु, उनले एमाले कार्यकर्तालाई सम्बोधनका क्रममा भने।
बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।
एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।
