डोल्पामा ४१ जनाले गरे एकीकृत समाजवादीमा खनाखत
डोल्पाका ४१ जना जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सोमबार सामुहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले माधव नेपालनेतृत्व एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित आठ वडाध्यक्ष, चार जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य, महिला सदस्य सातजना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य पाँच गरी ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
नेकपा एमालेका नेतृत्वले धोका दिएकाले सामाजवादी रोज्नु परेको ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।
जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा ठुलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीनजना, मुड्केचुला गाउँपालिकाका एकजना र त्रिपूरासुन्दरी नगरपालिकाका एकजना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
