प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ? प्रधानमन्त्री देउवा : ओलीजीलाई सोध्नुहोला
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमालेले निरन्तर अवरोधध गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक आफ्नो प्रतिकृया जनाएका छन् ।
देउवाले प्रतिनिधिसभाको बैठक बेरोकटोक चल्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न प्रधानमन्त्री शेरबहादुर देउवाले सुझाएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ओली जीलाई सोध्नुहोलाु भनेर संक्षिप्त प्रतिक्रिया दिए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए ।सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।
प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।
