कर्णालीमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा चन्द्रबहादुर शाही
सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन्।
अब प्रदेशसभा सचिवालयले उनीहरूलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनुपर्नेछ। प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एकीकृत समाजवादीका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन्।
जस अनुसार कर्णाली प्रदेशमा एकीकृत समाजवादीको संसदीय दलको नेता मुगुका चन्द्रबहादुर शाही बन्ने भएका छन् ।
कर्णालीमा एमाले विभाजन पछि एकीकृत समाजवादी रोज्ने सांसदहरुको संख्या जम्मा ३ रहेकोछ ।
सांसद देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाहीले एस रोजेका थिए ।
जसमध्ये शाही केन्द्रीय सदस्य समेत रहेकाले शाहीलाई नै दलको नेता चयन गरिने भएको हो ।
प्रकाश ज्वालाको सांसद पद अदालतबाट अन्तरिम आदेशमार्फत खारेज भएकाले शाहीले नेतृत्व गर्नेछन्।
एकीकृत समाजवादी अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशसभामा कमजोर दल हुनेछ ।
