एमसीसी खारेजका लागि निर्णायक आन्दोलन गर्छौँ : पन्चा सिंह
सुर्खेत । अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले एमसीसी खारेजका लागि आफूहरु निर्णाय आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
अनेरास्ववियू क्रान्तिकारी सुर्खेत जिल्लाको २२ औं जिल्ला सम्मेलनमा सिंहले एमसीसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफूहरु तयारी अवस्थामा रहेको बताउनुभएको हो ।
उहाँले सम्पूर्ण यूवा विद्यार्थीलाई राष्ट्रिय स्वाधिनताका निमित्त एक ढिक्का हुन आग्रह समेत गर्नुभयो । सिंहले अबको विद्यार्थी आन्दोलन पृथक ढंगले अगाडि बढाइने समेत बताउनुभयो।
अबको विद्यार्थी आन्दोलनको मुख्य नेतृत्व अनेरास्ववियू क्रान्तिकारीले गर्ने भन्दै एमसीसी परियोजनाका विरुद्धमा पनि निर्णायक आन्दोलन अनेरास्ववियू क्रान्तिकारीकै हुने सिंहको भनाइ छ ।
