Skip to main content

शिक्षक हत्याकाण्ड : अनुसन्धानका लागि दुई जना प्रहरीको नियन्त्रणमा

दैलेख प्रहरीले शिक्षकको हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणका लगेर दैलेख सदरमुकाम पु–याइएको जानकारी दिए । यद्यपि, उनले नाम भने खुलाउन चाहेनन् ।

गुराँस गाउँपालिका –८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो ।

सोमबार राती उनको हत्या गरेर उनकै अध्यापन गराउने विद्यालयको बरन्डामा शव भेटिएको प्रहरीले जनाएको छ। मंगलबार बिहान दूध पु¥याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: