Skip to main content

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख । दैलेखमा घाँटी रेटेर एकजना शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर हत्या गरिएको हो ।
श्रीमति र छोरा जग्गा नामसारी गर्न दैलेखको आएको मौकामा शिक्षकको हत्या भएको हो । विसीले सो विद्यालयमा २०५८ साल देखी सामाजिक विषय अध्यापन गराउँदै आएका थिए । विसीका १६ र १८ बर्षका दुई छोरा छन् ।
विहाना दुध विक्री गर्न गाउँबाट विद्यालयको बाटो धरमपोखरा आउँदा गाउँले देखेपछि प्रहरी चौकी धरमपोखरालाई खबर गरेका थिए ।
प्रहरी दुईजनालाई जना शंकास्पद व्याक्तिलाई नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ बताए । उनले भने, साँझ सम्म घटनाको विस्तृत विरण सार्वजनिक गछौं । घटनाको विवरण ल्याउन प्रहरी टोली छोटे पोखरा पुगेर अुनसन्धान अगाई बढाई रहेको छ । लखेटी लखेटी स्कुल बरण्डामा हत्या गरेको देखिन्छ,श्रेष्ठले भने । हत्यापछि गाउँघर त्रसित बनेका स्थानीयबासी बताउँछन् ।

महिलाको शव फेला

यसैबीच चामुण्डा बिन्द्रासैनी नगरपालिका –५ माछेढुंगाकी एक महिलाले आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार माछेढुंगाकी ५९ वर्षकी जसू शाहीको घरदेखि करिब साढे १ मिलोमिटर टाढा पर्ने जंगलको काफलको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

पाँच छोरा र तीन छोरीकी आमा समेत रहेकी ती महिला भदौ १७ गते बिहान १० बजेतिर घरबाट निस्केर सम्पर्क बिहिन भएकी थिइन् ।

निरन्तर खोजतलासको क्रममा मंगलबार बिहान मात्र उनको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: