कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।
ज्वरो, रूघाखोकी लागेपछि उनले पिसीआर र एन्टिजेन्ट परीक्षण गरेका थिए। खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको थियो।
महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा सतर्कताका लागि अनुरोधसमेत गरेका छन्।
