कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता
सुर्खेत । कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता गरिएको छ।
जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पुर्व कानुन मन्त्री नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गराएका हुन्।
आइतबार उक्त, विधेयक प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले ‘इन्ट्री’ गराएका हुन्।
सचिव बुढाथोकीका अनुसार भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी क्षेत्रबाट पहिलो) रहेको जानकारी दिए । यसअघि कर्णाली प्रदेशसभामा सरकारका तर्फबाट ५७ वटा विधेयकहरु दर्ता भएका छन् ।
जुन प्रदेश संसदीय इतिहाँसमा पहिलो पटक दर्ता भएको हो । सचिव बुढाथोकीले भने ,‘ यो नयाँ अभ्यास हो । आवाश्यक परेकोखण्डमा गैरसरकारी विधेयक ल्याउन सकिन्छ । सांसदहरुले शुरुवात गरेको पहिलो पटक हो ।’
सांसद भण्डारीले दर्ता गराएको विधेयको उद्देश्य भनेको खस संस्कृतिको संरक्षण, प्रचारप्रसार हो । यो विधेयकले यो कामका लागि महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
जुम्लाको सिंजा सभ्यताको आर्थि, सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक र पर्यटकीय पुर्वाधारहरुको विकास गर्न यो विधेयक आवाश्यक देखिएकाले दर्ता गराईएको भण्डारीले बताए ।
