नेपाली काँग्रेस ठाटीकाँधको उपसभापतिमा शाही
दैलेख । नेपाली काँग्रेस ठाटीकाँधको उपसभापतिमा भुपेन्द्रबहादुर शाही विजयी भएका छन्।
पौडेल पक्षका उनले शेरबहादुर देउवा पक्षका धनबहादुर शाहीलाई ३४ मत बढीले जितेका हुन् ।
उसोत शाहीले अधिवेशनको मिति घोषणा भएसँगै सभापतिको पदमा उम्मेदवारी घोषणा गरेको थिए । तर, पार्टी चुनाव भएकोले सहमति र सहकार्यमा जानू पर्ने भएकाले आफुले पार्टीको निर्णय अनुसार उपसभापतिमा उम्मेदवारी दिएको जानकारी दिए ।
साथै उपसभापति शाहीले आफु उपसभापति पदमा निर्वाचित भएपछि संगठन विस्तार र ठाटीकाँध गाउँपालिकामा काँग्रेसलाई अब्बल पार्टीको रुपमा स्थापित गर्न प्रयास गरिने बताए ।
यसअघिसम्म कमजोर रहेको काँग्रेसलाई अब बलियो बनाउनका लागि यहाँ भएका भष्ट्राचार, विकृति, विसङ्गतिका विरुद्धमा आवाज उठाइने छ,’ उनले भने।
नेता शाहीले पार्टी अधिवेशन हुँदा चुनावमा गएपनि अबका दिनमा पार्टीलाई एकताबद्व गरेर लैजाने दावी गरे ।
