शाहीको लडेर नै मृत्यु भयको पुस्टि
जुम्लामा रहेका होटल भ्यालीभ्यूका सञ्चालकमध्येका एक
दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले
जनाएको छ । गएको असोज २७ गते बेलुकी ९ बजेर ४८
मिनेटमा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेटनखुलेपछि नाघेर माथि जान खोज्दा लडेर घाइते भइ ज्यान
गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सीसीटीभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट ज्यान गएको बताए । दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातलका वर्ष ४५ का शाही ३ होटल सञ्चालक र पारिश्रमिक समेत लिने गरेका थिए ।
दशैंको नजिकै होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो । सीसीटीभीको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरि शव टीकाको दिनमा स्वीकारेको प्रहरी नायव उपरिक्षक। थापाले जानकारी दिए्र यो घटनापछि प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उनले बताए ।
