डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाईते
डोल्पामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते भएका छन्।
दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आइतबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी घाईते हुनेमा मकवानपुरको हेटौंडा नगरपालिका–९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, अशोक सारूमगर, ३१ वर्षीय जीवन शर्मा वडा नम्बर ११ का २२ बर्षीय बुद्धविर लामा, वडा नम्बर ४ का ३९ वर्षीय सुरेश श्रेष्ठ, रमेश गौतम, वडा नम्बर १ का ३६ वर्षीय सुशिल राज गिरी, वडा नम्बर ७ का ३८ वर्षीय किरण अधिकारी छन्।
कबलष्mब दयह बम द्द
डोल्पाको ठूलीभेरी नगरपालिका–९ का जीप चालक २० वर्षीय जुकोष शाही पनि घाईते भएका छन्। घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
स्टेयरिङ फेल हुँदा जिप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको छ।
