सल्यान बस दुर्घटना अपडेट: मृतक ८ जनको सनाखत, ५ जनालाई काठमाडौं रिफर गरियो
सुर्खेत । आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ। दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मिना डाँगी, ३ का ६६ वर्षीया लिला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मिना शाही, बबई गाउँपालिका–४ दाङ्का ६० वर्षीया डुली देउले, बबई गाउँपालिका–६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायनपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका–२ वर्षका तिलक ओली रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ८ जनाको घटना स्थलमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।
३१ जना सवार बसमा १२ मध्ये बाँकी सबै घाइते रहेका छन् । गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाईएको छ।
