ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा के छ ? (पूर्णपाठ)
नेकपा एमालेले १० औं महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन (अपानि-१४) जारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तर पार्टी निर्देशन (अपानि-१४) आइतबार जारी गरेका हुन्।
एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेको थियो। तर अपानि १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता कायम गर्न भन्दै सो पार्टीले पुन आइतबार अपानि १४ जारी गरेको हो।
एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो। तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ।
अपानि-१४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ। महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशनसमेत अपानिमा दिइएको छ।
हेर्नुहोस् यस्तो छ ओलीले जारी गरेको अपानि-१४




