कर्णालीको प्रदेश प्रमुखमा परियार नियुक्त
सुर्खेत । कर्णाली प्रदेशको प्रदेश प्रमुख फेरिएका छन् । संघ सरकारको मन्त्रीपरिषद् बैठकले कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाइ हटाएर तिलक परियारलाइ नियुक्त गर्न निर्णय गरेको हो । सरकारले प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो ।
बैठकले प्रदेश १ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिसगरेको छ । खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् ।
