आज देशभरको मौसम कस्तो रहला ?
मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना नरहेको जनाएको छ।महाशाखाले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नभएकाले वर्षाको सम्भावना नभएको जनाएको हो।
बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम भने सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो र राति पनि देशका केही भेगमा आंशिकदेखि समान्य बदली हुने र अन्य भेगको मौसम समान्यतया सफा रहने मौसमविद समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ।
बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियससम्म पुगन सक्ने अनुमान गरिएको छ।
