मुख्यमन्त्रीको विवरण लिएर सुरू गरियो कर्णालीको जनगणना
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको विवरण संकलन गरी प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को सुरूआत गरिएको छ।
प्रदेश जनगणना कार्यालय कर्णालीका प्रमुख तोमानारायण पौडेलसहितको गणक टोली बिहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा गएर जनणनाको सुरूआत गरेको हो।
‘मेरो गणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना गरिँदैछ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार नै भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय जनगणना २०७८ सहभागी हुन आह्वान गरेका छन्।
विवरण संकलनका क्रममा बोल्दै उनले जनगणनाले नीति र योजना बनाउनमा समेत सघाउने हुँदा निर्धक्क सहभागी हुन आग्रह गरे।
